बझाङमा जिप दुर्घटना हुँदा ६ जना घाइते

सेयर गरौं

बझाङमा जिप दुर्घटना भएको छ ।
दुर्गाथली गाउँपालिका–३ रकैलतर्फ गइरहेको सुदुरपश्चिम प्रदेश ०१००१ ज १३९९ नम्बरको जिप दुर्घटना भएको हो ।
दुर्घटनामा परि चालकसहित ६ जना घाइते भएका छन्।

घाइते हुनेमा दुर्गाथली गाउँपालिका–७ का ४० बर्षीय चालक रुपाल जप्रेल, दुर्गाथली गाउँपालिका शिक्षा शाखा संयोजक ४५ बर्षीय ललित कुमार पाण्डे, दुर्गाथली गाउँपालिका–५ का वडा अध्यक्ष ४५ बर्षीय वकिल जप्रेल, दुर्गाथली गाउँपालिका–७ का ५२ वर्षीय उद्धव सिंह, दुर्गाथली गाउँपालिका–४ का ४८ बर्षीय खगेन्द्र मिश्र र  दुर्गाथली गाउँपालिका–७ का ४० बर्षीय विष्णु बहादुर दौल्याल रहेका छन् ।

घाइतेहरुको हात, खुट्टा, टाउको र कम्मरमा चोट लागेको छ । घाइतेको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ । दुर्घटनाको कारण भने खुलेको छैन। घाइतेहरूलाई जिल्ला अस्पताल सिम खेत ल्याउने तयारी भइरहेको बताइएको छ। 

जिप सडक भन्दा करिब ६० मिटर तल खसेको जिल्ला प्रहरी कार्यालय बझाङले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
3
+1
1
+1
1
+1
5
शिवजी मण्डेल
शिवजी मण्डेल

मण्डेल थलारा खबर स्थापना देखिनै हामीसँग काम गर्दै आएका छन् , उनी समसामयिक बिषयमा कलम चलाउँछन् ।

Articles: 212