थलारा गाउँपालिका-८ द्वारा जग्गादातालाई सम्मान

सेयर गरौं

बझाङ ,थलारा, असार १३

थलारा गाउँपालिका वडा नम्बर ८ ले जग्गादातालाई सम्मान गरेको छ ।
थलारा गाउँपालिका वडा नम्बर ८ को वडा कार्यालय भनव निर्माण गर्नका लागि निःशुल्क जग्गा उपलब्ध गराएको भन्दै जग्गादातालाई सम्मान गरेको हो ।

२०७५ सालमा साविकको कोइरालाकोट गाविस वडा नम्बर ८ हालको थलारा गाउँपालिका वडा नम्बर ८ बस्ने जयदेव पाध्यायका नाति बासुदेव पाध्यायका छोरा राधाकृष्ण पाध्यायले आफ्नो नाममा रहेको एक रोपनी लगभग ४ लाख बराबरको जग्गा वडा कार्यालय भवन निर्माणका लागि साँयरमा दान गर्नुभएको थियोे ।

वडा कार्यालयले एक कार्यक्रमको आयोजना गर्दै आइतबार जग्गादातालाई सम्मान पत्र र दोसल्ला ओढाएर सम्मान गरेको हो ।

सम्मान कार्यक्रमका प्रमुख अतिथि निवर्तमान वडाध्यक्ष दिल बहादुर सिंहले जग्गादातालाई निकै महान कार्य गरेको भन्दै धन्यवाद दिँदै नवनिर्वाचित वडाप्रतिनिधिहरूलाई जग्दाताको सालिक निर्माण गर्न अनुरोध समेत गरेका थिए ।

नवनिर्वाचित वडाध्यक्ष टिकाराज जोशीले दान भनेको पुन्यजनक काम हो जग्गादातालाई विशेष धन्यवाद व्यक्तिगत तथा वडा कार्यालयको भन्नू भएको थियोे । त्यस्तै अध्यक्ष जोशीले जग्गादाताको सम्मान स्वरुप सालिक निर्माणका लागि अबको बजेटबाट बजेट छुट्याउने बताउनुभएको थियोे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
4
+1
3
+1
1
+1
7
+1
1
+1
0
+1
0
शिवजी मण्डेल
शिवजी मण्डेल

मण्डेल थलारा खबर स्थापना देखिनै हामीसँग काम गर्दै आएका छन् , उनी समसामयिक बिषयमा कलम चलाउँछन् ।

Articles: 212