थलारा गाउँपालिका- ३ को शान्ति माविमा विद्यालय स्वमुल्यांकन तथा विद्यालय सुधार योजना सम्बन्धि दुई दिने कार्यशाला गोष्ठी सम्पन्न

सेयर गरौं

थलारा गाउँपालिका- ३ मा विद्यालय स्वमुल्यांकन तथा विद्यालय सुधार योजना सम्बन्धि दुई दिने कार्यशाला गोष्ठी सम्पन्न भएको छ ।
शान्ति माध्यमिक विद्यालय पारनकाट्ने र युनाईटेड मिसन टु नेपाल र प्रगतिशील युवा समाजको संयुक्त साझेदारीमा सञ्चालित क्रियाकलापमा आधारित सिकाइ परियोजनाको आयोनामा उक्त कार्यशाला गोष्ठी सोमबार सम्पन्न भएको हो ।

विद्यालय सुधार योजना निर्माण सम्बन्धि ९८ वटा राष्ट्रिय मापदण्ड अनुसार छलफल गर्दै कार्यशाला गोष्ठी सम्पन्न भएको विद्यालय शिक्षक नरबहादुर भण्डारीले जानकारी दिए ।
उनका अनुसार गोष्ठीमा विद्यालयको चौतर्फी विकासका लागि विद्यालय सुधार योजना निर्माणमा यसले ठूलो सहयोग पुर्‍याउने अपेक्षा गरिएको छ ।
दुई दिने कार्यशाला गोष्ठीको सहजीकरण प्रगतिशील युवा समाजको संयुक्त साझेदारीमा सञ्चालित क्रियाकलापमा आधारित सिकाइ परियोजनाका सहजकर्ता बसन्त नेपालीले गर्नुभएको थियो ।
उक्त गोष्ठीमा जनप्रतिनिधि , विद्यालय व्यवस्थापन समितिका पदाधिकारी अभिभावक शिक्षक कर्माचार्य विद्यार्थीको सहभागीता रहेको थियोे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
2
+1
1
+1
2
+1
2
+1
0
+1
0
+1
0
शिवजी मण्डेल
शिवजी मण्डेल

मण्डेल थलारा खबर स्थापना देखिनै हामीसँग काम गर्दै आएका छन् , उनी समसामयिक बिषयमा कलम चलाउँछन् ।

Articles: 212