थलारा गाउँपालिकामा नाक कान घाँटी तथा मुख स्वास्थ्य सम्बन्धि-१ दिने अभिमूखिकरण कार्यक्रम सम्पन्न

सेयर गरौं

बझाङ , थलारा , असार १३

जिल्लाको थलारा गाउँपालिकामा नाक कान घाँटी तथा मुख स्वास्थ्य सम्बन्धि १ दिने अभिमूखिकरण कार्यक्रम सम्पन्न भएको छ ।
थलारा गाउँपालिका स्वास्थ्य शाखाको आयोजनामा कार्यक्रम भएको हो ।

थलारा गाउँपालिकाका स्वास्थ्यकर्मीहरूलाई नाक कान घाँटी तथा मुखमा देखिने रोगहरूको जानकारी गराउन अभिमूखिकरण कार्यक्रम आयोजना गरिएको स्वास्थ्य शाखा प्रमुख पदम बहादुर ओलीले बताउनुभयो ।

उनका अनुसार स्वास्थ्यमा देखिने नाक कान घाँटी तथा मुख सम्बन्धि रोगहरूलाई कसरी पहिचान गर्ने र कसरी निको पार्ने सम्बन्धि कार्यक्रममा जानकारी गराइएको थियोे ।

कार्यक्रममा थलारा गाउँपालिका भरिका स्वास्थ्य कार्यालयका प्रमुख र अन्य स्वास्थ्यकर्मीहरूको सहभागिता रहेको थियोे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
शिवजी मण्डेल
शिवजी मण्डेल

मण्डेल थलारा खबर स्थापना देखिनै हामीसँग काम गर्दै आएका छन् , उनी समसामयिक बिषयमा कलम चलाउँछन् ।

Articles: 212