७ चैत्र २०८१, शुक्रबार

धानवालीमा जैविक विविधताको उपयोग आयात प्रतिस्थापतमा सहयोग भन्ने नारा सहित थलारा गाउँ पालिका कृषि शाखाले मनायो राष्ट्रय धान दिवस ।
बझाङ थलारा -धानवालीमा जैविक विविधताको उपयोग आयात प्रतिस्थापतमा सहयोग भन्ने नारा सहित थलारा गाउँ पालिकामा राष्ट्रिय धान दिवस मनाईएको छ । कृषि शाखाको आयोजनामा १९ औ राष्ट्रिय धान दिवस मनाइएको हो । थलारा गाउँ पालिका कृषि शाखा थलारा ६ भाटगाउँ स्थित कृषक समुहको सयुक्त आयोजनामा मनाईएको धान दिवसको गाउँ पालिका अध्यक्ष प्रकास रोकायाले उद्घाटन गर्नु भएको हो । जैविक विविधताको प्रयोग गरी पालिकामा धान उत्पादकत्व वढाउने उद्देश्य सहित धान दिवस मनाईएको थलारा गाउँ पालिका कृषि शाखा प्रमुख तेज बहादुर ओलीले बताउनु भएको छ । उनका अनुसार धान दिवसमा महिला पुरुष हिलेदौड प्रतियोगिताको पनि आयोजना गरिएको थियो । कर्यक्रमा थलारा गाउँ पालिका उपाध्यक्ष राम बहादुर खाती ९ वटै वडाका वडा अध्यक्ष कार्यपालिका सदस्य गाउँ पालिका अन्तरगतका विषयगत शाखा प्रमुखलगायत कर्मचारीहरु र स्थानीय कृर्षकहरुको सहभागिता रहेको थियो । २०६१ सालमा मन्त्रि परिषदको निर्णयभइ २०६२ साल असार १५ देखि नेपालमा राष्ट्रिय धान दिवस मनाईदै आएको छ । बझांङ जिल्लामा ८ हजार हेक्टर क्षेत्रफलमा धान खेती हुने गरेको छ । जसमा ६ हजार हेक्टर क्षेत्रफलमा रोपाई र २ हजार हेक्टर क्षेत्रफलमा छरुवा धान खेती हुने गरेको छ ।