७ चैत्र २०८१, शुक्रबार

सुर्मा गाउँपालिकामा ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु
बझाङको सुर्मा गाउँपालिकामा ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । भने दुर्घटनामा परि ६ जना घाइते भएका छन् । सुर्मा गाउँपालिका- २ रातोपड भन्ने स्थानबाट सडकमा काम गरी घरतर्फ गइरहेको सु.प.प्र. ०२००१ त १३०८ नम्बरको ट्याक्टर बिहीबार राति करिब ८ बजे घट्टेखोलामा दुर्घटना हुँदा यात्रु २७ वर्षीय नरेश बोहराको मृत्यु भएको हो ।
घाइते हुनेमा चालक विमल बोहरासहित ६ जना रहेका छन् ।
ट्याक्टरको स्टेरिङले काम नगर्दा सडकबाट करिब २० मिटर तल खस्दा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय बझाङका प्रमुख तथा डिएसपी ज्ञानबहादुर विष्टले जानकारी दिए ।
घाइतेहरु सुर्मा – २ का खडक बोहरा, कबिराज बोहरा, कलक बोहरा, जयराज बोहरा र बिमल बोहराको तत्काल उद्धार गरि जिल्ला अस्पतालमा सामान्य उपचारपछि डिस्चार्ज गरिएको प्रहरीले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1
+1
+1