थलारा गाउँ पालिका पूर्ण खोप सुनिश्चितता घोषण ।

सेयर गरौं

बझाङ थलारा- थलारा गाउँ पालिकालाई पुर्ण खोप सुनिश्चितता गाउँपालिका घोषणा गरिएको छ । स्थानिय स्वायत्व र सहभागिता पूर्ण खोप सुनिश्चता हाम्रो प्रति‌वद्धता भन्ने नारा सहित राष्ट्रिय खोप कार्यक्रम अन्तरगत गाउँ पालिकालाई पूर्णखोप सुनिश्चितता निरन्तरता तथा दिगोपनाकालागि गाउँ पालिका स्तरिय घोषणा कार्यक्रम गरिएको हो । कार्यक्रमको उद्घाटन गाउँपालिका अध्यक्ष प्रकास बहादुर रोकायाले गर्नु भएको हो । उद्घाटन कार्यक्रममा शुभकामना मन्तब्य दिदै रोकायाले स्वास्थ्यकर्मिहरुले सहि ढंगले काम गरेमात्र खोप सुनिश्चितता र निरन्तरता हुने हुदा कटिबद्धभएर लाग्नु पर्ने धारणा ब्यक्त गर्नु भयो । कार्यक्रममा थलारा गाउँ पालिका वडा नम्वर ५ का वडा अध्यक्ष नर बहादुर खाती र वडा नम्वर ८ का वडा अध्यक्ष टिकाराज जोशीले शुभकामना मन्तब्य राख्नु भएको थियो भने स्वास्थ्य शाखा प्रमुख पदम बहादुर ओलीले आफ्नु कार्यपत्र प्रस्तुत गर्नु भएको थियो । थलारा गाउँपालिका वडा नम्वर ६ कि महिला स्वयंम सेविका कमला गिरीले खोप सम्वन्धि गित मार्फत सवैलाई स्वागत गर्नु भएको थियो ।

चैत्र महिना देखि गाउँपालिकाका हरेक बस्तिमा कर्मचारी खटाई खोप लगाएको नलगाएको सर्वेक्षण गरिएको र ९ वटै वडाहरुलाई पूर्ण खोप सुनिश्चतता घोषणा गरे पश्चात शुक्रवार गाउँपालिकालाई नै पुर्ण खोप सुनिश्चतता पालिका घोषणा गरिएको थलारा गाउँपालिका स्वास्थ्यशाखा प्रमुख पदम बहादुर ओलीले बताउनु भयो । २०७८ बैसाख ६ गते थलारा गाँउ पालिकालाई पहिलो पटक पूर्ण खोप सुनिश्चितता गाउँ पालिका घोषणा गरिएको थियो । राष्ट्रिय खोप कार्यक्रम अन्तरगत प्रत्येक वर्ष गाउँपालिकालाई पूर्ण खोप सुनिश्चितता गाउँ पालिका घोणा गरिदै आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
1
+1
0
+1
0
+1
0
संवाददाता
संवाददाता
Articles: 1325