७ चैत्र २०८१, शुक्रबार

केदारस्युँ गाउँपालिकामा बाल अधिकार समिति र बालमैत्री स्थानिय शासन समिति पुनर्गठन कार्यक्रम सम्पन्न
पवन बोहरा , बझाङ
जिल्लाकाे केदारस्युँ गाउँपालिकामा बाल अधिकार समिति र बालमैत्री स्थानिय शासन समिति पुनर्गठन कार्यक्रम सम्पन्न गरिएकाे छ ।
केदारस्युँ गाउँपालिका, वल्ड भिजन र प्रगतिशील युवा समाजकाे सहकार्यमा गाउँपालिकामा बाल अधिकार समिति र बालमैत्री स्थानिय शासन समिति पुनर्गठन गरिएकाे हो ।
गाउँपालिकाका अध्यक्ष गणेश बाेहराकाे अध्यक्षतामा कार्यक्रम सन्चालन गरिएकाे थियोे । कार्यक्रमका प्रमुख अथिति केदारस्युँ गाउँपालिकाकी उपाध्यक्ष मनिषा धामी रहनु भएकाे थियाे भने बिशिष्ठ अथितिमा केदारस्युँ गाउपालिकाका प्रमुख प्रशासकीय अधिक्रित पदम राज उपाध्याय रहनु भएकाे थियाे ।
बाल अधिकार समिति सयाेजक केदारस्युँ गाउँपालिकाकि उपाध्यक्ष मनिशा धामी रहनु भएकाे छ । उपाध्यक्ष धामीका सयाेजगत्त्वमा १६ जनाकाे समिती गठन गरिएकाे छ ।
त्यस्तै बालमैत्री स्थानिय शासन समिति सयाेजक गाउँपालिका अध्यक्ष गणेश बाेहरा रहनु भएकाे छ । उहाँकाे सयाेजगत्त्वमा पनि १६ जनाकाे समिति गठन गरिएकाे प्रगतिशील युवा समाजका फिल्ड अधिकृत दिनेश खड्काले बताउनु भयाे ।
उहाँका अनुसार यश समितिकाे मुख्य उदेश्य भनेकाे पालिका भरिका बालबालिकालाई क्षमता विकास गराई उनिहरूकाे काम कर्तव्य बारे जानकारी पाउने र बालमैत्रि स्थानिय वडा घोषणा गर्ने प्रगतिशील युवासमाजका फिल्ड अधिकृत खड्काले बताउनु बताए ।