६ आश्विन २०८०, शनिबार

केदारस्युँ गाउँपालिकामा हिंसा प्रभावित महिलालाई कानुनी प्रावधान र मनोसामाजिक परामर्श सम्बन्धि २ दिने तालिम सम्पन्न
बझाङ , असार २२
जिल्लाको केदारस्युँ गाउँपालिकामा हिंसा प्रभावित महिलालाई कानुनी प्रावधान र मनोसामाजिक परामर्श सम्बन्धि २ दिने तालिम सम्पन्न भएको छ ।
सामुदायिक सशक्तीकरणका लागि दुत कार्यरेस नेपालको आयोजनामा र केदारस्युँ गाउँपालिकाको सहयोगमा सोमबारदेखि सुरु भएको उक्त २ दिने तालिम मंगलबार सम्पन्न भएको हो ।
गाउँपालिकाका हिंसामा परि जिल्ला सेवहाउसमा गएका महिलाको अहिले अवस्था बुझ्न र नियम , कानुन परामर्श सम्बन्धि जानकारी गराउन तालिमको आयोजना गरिएको रेस नेपालकि अध्यक्ष निशा धामीले बताइन् ।
पालिकाका विभिन्न हिंसामा परि सेवहाउसमा गएका २७ जना महिलालाई उक्त तालिम दिइएको हो ।
रेस नेपालकि अध्यक्ष तथा केदारस्युँ गाउँपालिकाकी निवर्तमान उपाध्यक्ष निशा धामीको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथि पालिका अध्यक्ष गणेश बोहरा प्रमुख अतिथि रहनु भएको थियोे ।