कञ्चनपुरमा विद्यालयको छतमा सुतेका धामी मृत फेला

सेयर गरौं

बुधबार कञ्चनपुरको एक विद्यालयमा युवकको शव फेला परेका थिए। भीमदत्त नगरपालिका– ६ एैठपुरमा रहेको गोल्डेन बिज स्कुलको छतमा २२ वर्षीय प्रेमसिंह धामी मृत फेला परेका हुन्।

उनीसहित अर्का एक युवकलाई छटमा बेहोस अवस्थामा देखेपछि छिमेकीले प्रहरीलाई खबर गरेका थिए। प्रहरी घटनास्थल पुग्दासम्म अर्का युवक बेहोस अवस्थामा भेटिएका थिए भने प्रेमसिंह मृत अवस्थामा फेला परेका थिए।
प्रहरीले धामीको शव पोष्टमार्टका लागि महाकाली अस्पतालमा पठाएको थियो। प्रहरीका अनुसार प्रारम्भिक अनुसन्धानका क्रममा उनीहरू लागुऔषध प्रयोगकर्ता रहेको खुलेको छ। मंगलबार बेलुकी दुवैले बियर र लागूऔषध सेवन गरेर छतमा गएको भन्ने खुलेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायब निरीक्षक लालबहादुर बमले बताए।
धामीको शव पोष्टमार्टमपश्चात आफन्तलाई बुझाइएको उनले बताए। पोष्टमार्टम रिपोर्ट आएपछि मात्रै घटनाबारे थप खुल्ने प्रहरीले बताएको छ। प्रहरी नायब निरीक्षक बमले धामीसँगै रहेका अर्का युवकलाई सोधपुछ गरिएको बताएका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
संवाददाता
संवाददाता
Articles: 1059