११ सदस्यीय बन्ने भयो संसदीय छानबिन समिति

सेयर गरौं

अर्थमन्त्री जनार्दन शर्मामाथि छानबिन गर्न संसदीय छानबिन समिति गठन भएको छ। प्रमुख विपक्षी नेकपा एमालेको माग बमोजिम ११ सदस्यीय छानबिन समिति गठन भएको हो।

समितिमा संसद्को सबैभन्दा ठूलो दल नेकपा एमालेबाट ४ जना सदस्य रहने भएका छन्। त्यस्तै नेपाली कांग्रेस र माओवादी केन्द्रबाट दुई दुई जना रहनेछन्। जसपा, नेकपा एकीकृत समाजवादी र लोकतान्त्रिक समाजवादी पार्टीबाट एक एक जना रहने बताइएको छ। समितिको संयोजक सदस्यहरूबाट चयन हुने समझदारी भएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
संवाददाता
संवाददाता
Articles: 1203