थलारा गाउँपालिकामा खानेपानी सरसफाइ स्वच्छता योजना तर्जुमा गोष्ठी सम्पन्न

सेयर गरौं

बझाङको थलारा गाउँपालिकामा खानेपानी सरसफाइ स्वच्छता योजना तर्जुमा गोष्ठी सम्पन्न भएको छ ।
थलारा गाउँपालिकाको सहयोगमा र डिब्लोमेन्ट म्यानेजमेन्ट एन्सिच्युड डिएमआइको आयोजनामा उक्त कार्यक्रम भएको हो ।
थलारा गाउँपालिकाका ८६ वटा खानेपानी योजना ४२ वटा विद्यालय र ११ वटा स्वास्थ्य संस्थामा खानेपानी सरसफाइ स्वच्छता योजना प्राथमिकरण गर्न गोष्ठीको आयोजना गरिएको हो ।
थलारा गाउँपालिका उपाध्यक्ष रामबहादुर खातीको अध्यक्षतामा सम्पन्न उक्त गोष्ठीमा थलारा गाउँपालिका कार्यपालिका सदस्यहरू विषयगत शाखाका शाखा प्रमुख प्रतिनिधिहरूको सहभागीता रहेको थियोे ।

सरकारले ७ सय ५३ वटै स्थानीय तहमा एउटै प्रकारको खानेपानी संयन्त्र सञ्चालन गर्न खानेपानी सरसफाइ स्वच्छता योजना लागू गर्न थालेकाले थलारा गाउँपालिकामा पनि योजना प्राथमिकरण गोष्ठी गरिएको डिएमआइका प्रमुख दिवाकर दुवालले बताए ।

कार्यक्रममा थलारा गाउँपालिका वडा नम्बर ९ का वडाध्यक्ष लोकेन्द्र बिष्ट प्रमुख प्रशासकीय अधिकृत सिद्धराज पण्डितले गोष्ठीमा मन्तव्य राख्नु भएको थियो ।
कार्यक्रम सञ्चालन थलारा गाउँपालिका जलस्रोत अधिकृत छत्रराज जोशीले गर्नु भएको थियोे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
पदम खड्का
पदम खड्का
Articles: 64