२४ माघ २०८१, बिहीबार

बौलाहा कुकुरले टोकेर बैतडीमा एक शिक्षकको मृत्यु
बौलाहा कुकुरले टोकेर बैतडीमा एक शिक्षकको मृत्यु भएको छ। जिल्लाको सिगास गाउँपालिका-७ न्वाघरस्थित कृष्ण माध्यमिक विद्यालयका शिक्षक तथा लेखापाल नरबहादुर साउदको मृत्यु भएको हो।
पारिवारिक स्रोतका अनुसार उनलाई एक महिनाअघि बौलाहा कुकुरले टोकेको थियो। एक महिनापछि लक्षण देखिएका उनको उपचार सम्भव नभएपछि अस्पतालबाट घर लैजाँदै गर्दा मृत्यु भएको साउदका आफन्तले बताएका हुन्।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1
+1
+1
2