१५ आश्विन २०८०, सोमबार

गोली लागेर घाइते भएका जापानका पूर्वप्रधानमन्त्री सिन्जो आबेको निधन
जापानका पूर्वप्रधानमन्त्री शिन्जो आवेको निधन भएको छ। उनको पार्टी लिबरल डेमोक्रेटिक पार्टीलाई उद्धृत गर्दै जापानको समाचार एनएचके वर्ल्डले उक्त जानकारी दिएको छ।
आवेमाथि शुक्रबार क्योतो नजिकैको नारा शहरमा भाषण गर्ने क्रममा गोली प्रहार गरिएको थियो। आवेलाई भाषण गरिरहेको अवस्थामा पछाडिबाट छातीमा गोली प्रहार भएको थियो।
उनीमाथि गोली प्रहार गर्ने तेत्सुया यामागामीलाई प्रहरीले पक्राउ गरेको छ।
आवे जापानमा सबैभन्दा लामो समय करिब ८ वर्षसम्म कार्यकारी पदमा रहने नेतामा पर्छन्। उनी सन् २००६ देखि सन् २००७ सम्म पहिलोपटक प्रधानमन्त्री बनेका थिए। तर आफूले नेतृत्व गरेको दल लिबरल डेमोक्रेटिक पार्टीको अनपेक्षित पराजयसँगै स्वास्थ्यको समस्या देखाउँदै राजीनामा दिएका थिए।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1
+1
+1