७ आश्विन २०८०, आईतवार

स्थानीय खाद्य सञ्जाल थलाराले बुझायो गाउँपालिकामा ध्यानाकर्षण पत्र
बझाङ , थलारा
स्थानीय खाद्य सञ्जाल थलाराले गाउँपालिकामा ध्यानाकर्षण पत्र बुझाएको छ । मनसुन सुरु भएसँगै थलारामा बाढी पहिरो जस्ता विपदका घटनाहरू जतिबेला पनि घट्न सक्ने र त्यसले मानवीय तथा भौतिक क्षतिभइ खाद्य अधिकार हनन हुन सक्ने भन्दै त्यसप्रति सजकता अपनाइ उद्दार तथा राहतका लागि तयार रहन भन्दै गाउँपालिकालाई शुक्रबार ध्यानाकर्षण पत्र बुझाइएको हो ।
फियान नेपालको पहलमा स्थानीय खाद्य अधिकार सञ्जाल र विभिन्न संघ संस्था र समुहका तर्फबाट उक्त ध्यानाकर्षण पत्र स्थानीय खाद्य अधिकार सञ्जाल सदस्य तथा रेडियो थलाराका अध्यक्ष पदमबहादुर खड्काले उपाध्यक्ष रामबहादुर खाती समक्ष बुझाउनु भएको हो ।
ध्यानाकर्षण पत्र बुझ्दै उपाध्यक्ष खातीले विपद जोखिम न्यूनीकरणका लागि गाउँपालिका लागीपरेको र हुनसक्ने सम्भावित जोखिम प्रतिपनि आफूहरू गम्भीर भएको बताउनुभएको थियो ।
ध्यानाकर्षण पत्रमा स्थानीय खाद्य अधिकार सञ्जालका तर्फबाट पदम खड्का कोटभैरव साना किसान कृषि सहकारी संस्थाका रेखा रोकाया सडिल धार्मिक तथा समाजिक विकास समुहको तर्फबाट हिरा कडायत प्रगतिशील युवा समाज परियोजनाक तर्फबाट गणेश पार्की मुक्त हलिया समुहको तर्फबाट पदम नेपाली खप्तड राष्ट्रिय निकुञ्जबाट प्रभावित समुहको तर्फबाट पिरु पार्की र कृषि समुहको तर्फबाट प्रेमलाल गुरुङको हस्ताक्षर रहेको छ ।
ध्यानाकर्षण बुझाउने कार्यक्रममा फियान नेपाल बझाङका कार्यक्रम अधिकृत सीता सिंह थलारा गाउँपालिका -५ का अध्यक्ष नरबहादुर खाती कान्तिपुर टेलिभिजनका पत्रकार वसन्त प्रताप सिंह लगायतको उपस्थिति रहेको थियोे ।
