थलारा गाउँपालिकामा मुक्त हलिया समुह र खप्तड राष्ट्रिय निकुञ्जबाट व्यवसाय प्रभावित समुहको लवी बैठक सम्पन्न

सेयर गरौं

बझाङको थलारा गाउँपालिकामा मुक्त हलिया समुह र खप्तड राष्ट्रिय निकुञ्जबाट व्यवसाय प्रभावित समुहको लवी बैठक सम्पन्न भएको छ ।
फियान नेपालको पहलमा समुह र थलारा गाउँपालिका बीच लवि बैठक शुक्रबार भएको हो ।

थलारा गाउँपालिका -५ दुवाली ठाडाढुङ्गाका खप्तड राष्ट्रिय निकुञ्जबाट व्यवसाय प्रभावित समुहको समस्या र वडा नम्बर ८ बिस्खेत स्थित मुक्ति हलियाका समस्याका बारेमा छलफल गर्न लवि बैठकको आयोजना गरिएको फियान नेपालकि फिल्ड अधिकृत सीता सिंहले जानकारी दिइन् ।

सिंहका अनुसार खप्तड राष्ट्रिय निकुञ्जका कारण दुवाली ठाडाढुङ्गाका निंगालो व्यवसायीहरूको व्यवसायी धरापमा परि मर्कामा परेका समस्या समाधानका लागि वडा तथा गाउँपालिकाले त्यसतर्फ ध्यान दिनुपर्ने छ ।
त्यस्तै थलारा गाउँपालिका – ८ बिस्खेतका मुक्ति हलियाहरू पनि भुमिहिन जस्ता भएकाले वस्ती स्थान्तरण आवश्यक भएकोले त्यसको लागि पहल गर्नुपर्ने छ ।

थलारा गाउँपालिका उपाध्यक्ष रामबहादुर खातीले बैठकमा बोल्दै समस्या बारे आफू गम्भीर भएको भन्दै गाउँपालिकाले गर्न सक्ने काम गर्ने र नसकिने काम कुन निकायबाट हुन्छ सम्बोधनका लागि पहल गर्ने धारणा राख्नु भएको थियोे ।
त्यस्तै वडा नम्बर ५ का वडाधणयक्ष नरबहादुर खातीले वडा भित्रका खप्तड राष्ट्रिय निकुञ्जका कारण पीडित समुदाय माग सम्बोधन गर्न पहल गर्ने धारणा राख्नु भएको थियो ।

त्यस्तै पत्रकार बसन्त प्रताप सिंहले जनप्रतिनिधिहरूले पीडित समुहका माग पहिचान गरि सम्बोधन गर्नसहयोग गर्नुपर्ने भन्दै सडक सञ्जालका कारण बाढी बिपदका घटना घटेकाले त्यसको व्यवस्थापनमा जोड दिनुपर्ने बताउनुभएको थियोे ।
बैठकमा मुक्त हलिया समुहका अध्यक्ष पदम दमाई र खप्तड राष्ट्रिय निकुञ्जबाट व्यवसाय प्रभावित समुहका अध्यक्ष पिरु पार्कीले आफ्ना समुहका माग र समस्या जनप्रतिनिधि बीच राख्नु भएको थियोे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
पदम खड्का
पदम खड्का
Articles: 279