प्रवास युवा समाज हरियाणाले चन्दा संकलन गरि थलारा-२ को प्रसिद्ध मालिका मन्दिरमा गेट निर्माण गर्‍यो

सेयर गरौं

पदम खड्का , बझाङ

रोजगारीका लागि भारत गएका प्रवासीहरूले चन्दा संकलन गरि बझाङको थलारा गाउँपालिका – २ स्थित मालिका मन्दिरमा गेट निर्माण गरेका छन् ।
प्रवासमा बसेर पनि गाउँ ठाउँ र समाजका लागि केही कार्य गर्न सकिन्छ भन्ने उदाहरण उनीहरूले दिएका छन् ।

डोटी र बझाङ जिल्लाको सिमानामा रहेको मालिका मन्दिर धार्मिक तथा पर्यटकीय दृष्टिले महत्त्वपूर्ण भएपनि सरकारको तर्फबाट उपेक्षित गरिदै आएको स्थानीयहरूको गुनासो रहेको छ । सरकारले मालिका मन्दिरका लागि चासो नदिएपछि प्रवास युवा समाज हरियाणाले संगठित रुपमा मालिका मन्दिर विकासका लागि पहल गरेको हो ।

मदन किमाडिको नेतृत्वमा गठित प्रवासी युवा समाज हरियाणाले चन्दा संकलन गरि १ लाखको लागतमा गेट निर्माण गर्नुका साथै करिब ३ लाख ५० हजार बराबरका घण्ट चढाएको छ । मालिका मन्दिर परिसरमा गेट निर्माणको जिम्मा पाएका थलारा गाउँपालिका – २का मोहन खड्काका अनुसार १ लाखको लागतमा निर्माण गरिएको गेटको उचाइ १२ फिट र चौडाइ ३ मिटर रहेको छ ।
गेट निर्माणकार्य सम्पन्न भएपनि रङरोगन लगाउन बाँकी रहेको छ ।

प्रवास युवा समाज हरियाणाले करिब ३ लाख ५० हजारमा एउटा ६५ किलोको घाट एउटा २१ किलोको घाट र २ वटा त्योभन्दा कम तौल भएका घाटहरू खरिद गरेका छन् । गेटमा घाटहरू झुन्ड्याइने छ।
सबैभन्दा ठूलो घाट सहित २ वटा घाटहरू नवनिर्मित गेटमा झुन्ड्याइने छन् भने २ वटा घाट सडक नजिक बनेको पातिहाल्ना गेटमा झुन्ड्याइने मोहन खड्काले जानकारी दिए ।
स्कन्दर पुराणमा समेत बर्णन गरिएको मालिका मन्दिर प्रचारप्रसारका कमिले ओझेलमा पर्दै आएको छ । मालिका क्षेत्रको प्रचारप्रसार र प्रबर्द्धनका लागि प्रवासी युवा समाज हरियाणाले उक्त पहल गरेको हो ।
साविक दंगार्जी गाविस का प्रवासी दाजुभाइहरू तथा केही अन्य श्रदालुहरूबाट उक्त चन्दा संकलन भएको प्रवास युवा समाज हरियाणाले जनाएको छ ।

स्कन्द पुराणमा यस क्षेत्रलाई दिव्य मालिका र त्यस क्षेत्रबाट उत्पत्ति भएको रेगम गाड लाई दिव्य मालिका नदि भनी बर्णन गरिएको छ । त्यस मालिकाको डाँडालाई ताम्र गिरि पर्वत भनिएको छ । ठिङ मालिका सानी मालिका लगायत नामले चिनिने यस स्थानमा बडी मालिकाकै पर्वको बेला धार्मिक मेला लाग्ने गर्दछ । बडि मालिका पुग्न नसक्नेले सानी मालिका जाँदा मनोवाञ्छीत फल पाइने जनविश्वास रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
2
+1
0
+1
2
+1
5
+1
10
+1
0
+1
0
पदम खड्का
पदम खड्का
Articles: 241