बलात्कार आरोप लागेका बैतडीका क्याम्पस प्रमुखविरुद्ध मुद्दा दर्ता

सेयर गरौं

बैतडीको पुर्चौंडी बहुमुखी क्याम्पसका प्रमुख राजेन्द्रसिंह नेगी विरुद्ध जबरजस्तीकरणी मुद्दा दर्ता भएको छ।

आफूमाथि जबरजस्तीकरणी गरेको भन्दै कैलालीकी एक महिलाले दिएको जाहेरीका आधारमा नेगी विरुद्ध बुधबार इलाका प्रहरी कार्यालय पाटनमा जबरजस्तीकरणी मुद्दा दर्ता भएको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता प्रहरी निरीक्षक लोकराज जोशीले बताए। 

कैलाली घर भइ बैतडीको पुर्चौंडीमा ज्यालामजदुरी गर्दै आएकी एक महिलामाथि क्याम्पस प्रमुख नेगीले बलात्कार गरेको आरोप लागेको थियो। पीडित महिलाले दिएको जाहेरीका आधारमा मुद्दा दर्ता भएपछि क्याम्पस प्रमुख नेगीलाई पक्राउ गरेर अनुसन्धान गर्ने तयारी भएको छ। 

पीडित महिलाको बुधबार नै स्वास्थ्य परीक्षण गरिएको छ। यहीँ असार २० गते पानी माग्ने निहुँमा महिलामाथि नेगीले बलात्कार गरेको आरोप लागेको हो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
संवाददाता
संवाददाता
Articles: 1246