बझाङमा ३९ करोड भन्दा बढी रकम बेरुजु

सेयर गरौं

बझाङमा आर्थिक वर्ष- २०७७/०७८ मा सबैभन्दा बढी बेरुजु बुङ्गल नगरपालिकामा देखिएको छ । भने जिल्लामा सबैभन्दा कम बेरुजु केदारस्यँ गाउँपालिकामा देखिएको छ ।
महालेखा परीक्षकको ५९ औं वार्षिक प्रतिवेदनअनुसार बुङ्गल नगरपालिकामा- ११ करोड ८७ लाख ४० हजार रुपैयाँ बेरुजु देखिएको हो । भने केदारस्युँ गाउँपालिकामा ११ लाख २४ हजार रुपैंया बेरुजु देखिएको छ ।

यस्तै जयपृथ्बी नगरपालिका ७ करोड ६५ लाख ८६ हजार , तल्कोट गाउँपालिका ५ करोड २३ लाख ८ हजार, सुर्मा गाउँपालिका १ करोड ६३ लाख ९५ हजार, , दुर्गाथली गाउपालिका ४ करोड ९९ लाख ४ हजार रुपैयाँ बेरुजु देखिएको छ । यता, थलारा गाउपालिका १ करोड ४७ लाख १९ हजार रुपयैयाँ बेरुजु आएको महालेखा परिक्षकको प्रतिवेदनमा देखाइएको छ ।
 
त्यस्तै बित्थडचिर गाउपालिका १ करोड ३३ लाख ५२ हजार, मष्टा गाउपालिका १ करोड ३६ लाख १९ हजार , छबिसपाथीभेरा १ करोड ८९ लाख ७८ हजार, खप्तडछान्ना गाउपालिका ३ करोड ६३ लाख ६३ हजार, साइपाल गाउँपालिका २ करोड ४९ लाख ९० हजार, रुपैयाँ बेरुजु रकम देखिएको छ ।

आर्थिक वर्ष २०७७/०७८ मा बझाङका स्थानीय तहमा ३९ करोड ९८ हजार रुपैयाँ बेरुजु रकम देखिएको महालेखा परिक्षकको प्रतिवेदनमा उल्लेख गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
शिवजी मण्डेल
शिवजी मण्डेल

मण्डेल थलारा खबर स्थापना देखिनै हामीसँग काम गर्दै आएका छन् , उनी समसामयिक बिषयमा कलम चलाउँछन् ।

Articles: 212