रामप्रसाद पुरीका ६ मुक्तक , तान्ने बानी नपरी त हुक्का तान्न सकिन्न,

सेयर गरौं

✍️ रामप्रसाद पुरी
१ )
घाेकेर नपढी केही सुक्का जान्न सकिन्न ,
तान्ने बानी नपरी त हुक्का तान्न सकिन्न,
जता लान्छ समयले उतै जानुपदर्छ ,
रिसाई समयलाई मुक्का हान्न सकिन्न ।

२)
अँगालोमा लेऊ तिमी मलाई म पानी भइदिन्छु ,
लाउनु घरमा काम के छन् गर्छु सानी भइदिन्छु ,
जिम्मेवारी लिन्छु सम्पत्ति सबै जतन गरीकन,
तिम्रो त्यो महल्,दरबारकी रानी भइदिन्छु ।

३.)
आफै त्यसै अडिनेलाई किन लाउनु सिका ,
पूजापाठ नगरी हामी किन लाउनु टीका ,
नलाउनु माया लागाइसके पछि हामीले ,
कि त लाउनु गाढा माया किन लाउनु फिका !

४)
छम्छम् बजाई हिड्थी गाेडामा लाउँथी कल्ली ।
निकै राम्री देखिन्थिन् नि पल्ला गाउँकि डल्ली ।।
लुकीचाेरी लाएको माया साँच्चै मिठो भन्दै ,
वल्ला गाउँका झिल्केे त रहन्थ्याे ढुकी गल्ली ।।

५)
भेट्दा तिमी निकै गर्थेउ माया जालका कुरा ।
हिजोआज गर्छेउ तिमी कस्तो तालका कुरा ।।
मनमुटाव नगराैं विगतको याद गराैं,
अरु सामु नखाेल्नु है पाेहर सालका कुरा ।।

६)
ए मेरो मुटु ! भन्थ्याै, मेरो प्राणैभन्थ्याै जहिले ।
कहाँ भेटाैं भन्ने हुन्छ मायाले भन्थ्याै पहिले ।।
माया प्रेमकाे अन्तिम बिन्दु भेटघाट् रहेछ,
अब छिटै भेट्ने टुंगो गर्ने पाे भन्थ्याै, कहिले ?

लेखक := रामप्रसाद पुरी, बादेल, खाेटाङ ।
फाे न ९८४८०११५०५
हाल बु न पा ११, कपन,फूलबारी कुवा टाेल,काठमाडौ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
संवाददाता
संवाददाता
Articles: 1060