डोटीमा ससुराली हिँडेका एक जना मृत फेला

सेयर गरौं

डोटीमा ससुराली हिँडेका एक जना मृत फेला परेका छन् । जिल्लाको दिपायल सिलगढी नगरपालिका- ८ का ५० वर्षीय डिले कडायत सोही वडाको सेटीगाँउ अमतोला धारा नजिक खोलामा मृत फेला परेका हुन् ।

शुक्रवार बिहान ८ बजे ससुराली जान भनेर हिँडेका उनी शनिवार मृत फेला परेको जिल्ला प्रहरी कार्यालय डोटीले जानकारी दिएको छ ।  अहिले शव पोस्टमार्टमको  लागि जिल्ला अस्पताल डोटी ल्याइँदै छ । घटनाको बारेमा थप जारी रहेको प्रहरीले बताएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
संवाददाता
संवाददाता
Articles: 1365