थलारामा विद्यालय दिवाखाजा कार्यक्रम सम्बन्धि स्थानीय तहका पदाधिकारी तथा शाखा प्रमुखहरुका लागि परिचयात्मक कार्यक्रम सम्पन्न

सेयर गरौं

पदम खड्का ,बझाङ

जिल्लाको थलारा गाउँपालिकामा विद्यालय दिवाखाजा कार्यक्रम सम्बन्धि स्थानीय तहका पदाधिकारी तथा शाखा प्रमुखहरुका लागि परिचयात्मक कार्यक्रम गरिएको छ ।
विश्व खाद्य कार्यक्रमको आर्थिक सहयोगमा सञ्चालित कार्यक्रम कसरी सञ्चालन भइरहेकाछन् , त्यसमा सरोकारवालाको भूमिका र कार्यक्रम सञ्चालन गर्दा रहेका चुनौतीहरू बारे जानकारी गराउने उदेश्यले उक्त कार्यक्रमको आयोजना गरिएको हो ।

थलारा गाउँपालिका अध्यक्ष प्रकाश बहादुर रोकायाको अध्यक्षतामा भएको कार्यक्रममा विश्व खाद्य कार्यक्रम बझाङका कोडिनेटर राजेन्द्र रसाइलीले कार्यक्रम बारे प्रस्तुतिकरण गर्नुभएको थियोे ।
उनलेे आफ्नो प्रस्तुतिकरणमा ५० वर्ष अघि नेपालमा लागु भएको यो कार्यक्रम बझाङमा २०५७ साल देखि लागू भएको र हाल यसले जिल्लाका १२ वटै स्थानीय तहमा कार्यक्रम सञ्चालन गरिरहेको बताउनुभयो ।

साथै उनलेे आधारभूत तहका बालबालिकाको भोक न्युनिकरण , पोषण तथा स्वास्थ्य स्थितिमा सुधार गरि शैक्षिकस्तर अभिवृद्धि गर्न कार्यक्रम १२ वटै स्थानीय तहका ४ सय ४८ विद्यालयका ४७ हजार ३ सय ९७ विद्यार्थीले पोषीलो चामल दाल तेल ,र नुनका माध्यमबाट दैनिक ४ सय ६५ किलो क्यालोरी प्राप्त गरिरहेको जानकारी गराउनु भयो ।

कार्यक्रम थलारा गाउँपालिका अध्यक्ष रोकायाले विद्यालय दिवाखाजा कार्यक्रम राम्रो कार्यक्रम भएपनि शिक्षा क्षेत्रमा काम गर्ने सहयोगी संस्थाहरू बिच समन्वय गर्नु जरुरत छ भन्दै दिवाखाजा खुल्ला आकाशमुनि पाकि रहेकोले भान्सा निर्माण आवश्यक रहेको धारणा राख्नु भएको थियो । उपाध्यक्ष राम बहादुर खातीले आवश्यकता नहेरी कार्यक्रम दिने प्रवृत्तिले हामी चुकेका भन्दै साँझा कार्यक्रम बताउनुपर्नेमअ जोड दिनुभएको थियो ।

कार्यक्रममा थलारा गाउँपालिका शिक्षा शाखा संयोजक हर्क बहादुर रोकायाले थलारा गाउँपालिकाका ४८ वटा विद्यालयमा दिवाखाजा कार्यक्रम लागू भएको ३ वटा विद्यालयमा यो वर्षदेखि लागू हुने बताउँदै अधिकांश विद्यालयमा भान्साघर नहुँदा दिवाखाजा बाहिरी खुल्ला बाताबरणमा पकाउने गरिएको देखिएकाले त्यसको व्यवस्थापन जोड दिनुपर्नेमा जोड दिनु भएको थियो ।

आइडिएस नेपालका बझाङ संयोजक सुरेन्द्र ज‌ैरुको सञ्चालनमा भएको कार्यक्रम थलारा गाउँपालिकाका ९ वटै वडाका वडाध्यक्ष कार्यपालिका सदस्य प्रमुख प्रशासकीय अधिकृत सिद्धराज पण्डित लगायत विषयगत शाखाा प्रमुखहरू साइपाल युवा क्लबका कबिन्द्र खड्का विश्व खाद्य कार्यक्रम थलारा फिल्ड सुपरभाइजर सुरेश सिंह अध्यक्ष राधाकृष्ण जोशी लगायतको सहयोगीता रहेको थियोे ।

कार्यक्रममा विद्यालय दिवाखाजा कार्यक्रम सम्बन्धि आगामी कार्ययोजना पनि प्रस्तुत गरिएको थियो ।
विश्व खाद्य कार्यक्रमको आर्थिक सहयोगमा प्रारम्भिक तह पढाइ कार्यक्रम , विद्यालय स्वास्थ्य कार्यक्रम , र दिवाखाजा कार्यक्रम गरि ३ वटा कार्यक्रम सञ्चालन भइरहेका छन् ।
थलारा गाउँपालिकाका ४५ वटा विद्यालयमा अध्यनरत ४ हजार १ सय ६८ विद्यार्थीलाई लक्षित गरि कार्यक्रम सञ्चालन भइरहेको छ , ।
त्यसका लागि ७ लाख ६५ हजार बढी बजेट खर्च गरिने छ ।
कक्षा -१ देखि ५ कक्षा सम्म मात्रै लागू भएको यस कार्यक्रमले यो आर्थिक वर्षबाट ६ का विद्यार्थीलाई पनि समेट्ने भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
1
+1
0
+1
1
+1
0
+1
0
+1
0
पदम खड्का
पदम खड्का
Articles: 268