१५ आश्विन २०८०, सोमबार

थलारा गाउँपालिका – ८ र ७ मा अबको आधा महिना भित्र राष्ट्रिय प्रसारण लाइनको विद्युत पुग्ने , स्थानीय भन्छन् आसा मात्रै देखाउँछन्
बझाङको थलारा गाउँपालिका -८ र ७ मा अबको केही दिन भित्र राष्ट्रिय प्रसारण लाइनको विद्युत पुग्ने भएको छ ।
थलारा गाउँपालिकाको नवनिर्मित भवनबाट वडा नम्बर ७ माडौँकाट्ने नेपाल टेलिकमको टावर सम्मको अहिले लाइन विस्तारको काम भइरहेको छ ।
लाइन विस्तारको जिम्मा पाएको रकाल कन्सट्सका सुपरभाइजर दिनेश बिष्टका अनुसार अबको १५/ १६ दिन भित्र नै वडा नम्बर ८ र ७ मा राष्ट्रिय प्रसारण लाइनको विद्युत पुग्ने भएको छ ।
हामीले निरन्तर काम गरिरहेको छौ अहिले St अर्थात् हाटिसिङ् लाइन तान्ने काम भइरहेको छ उनलेे भने , पानी नपरे मौसमले साथ दिएभने भनेकै समयमा उक्त दुई वडामा राष्ट्रिय प्रसारण लाइनको विद्युत् पुग्छ ।
बिष्टले भने वडा नम्बर ८ मा र ७ मा एक एक ट्रासमिटर राखिने छ र चार्ज भइसकेको पछि लाइन छोडिने छ ।
स्थानीयले भने आसा मात्रै देखाउने गरेको बताएका छन् ।
राष्ट्रिय प्रसारण लाइनको विद्युत पुग्छ भन्ने आस नै मान्न छोडि सक्यौ , उनीहरू भन्छन् आउँछ भनेको २,३ वर्ष वितिसक्यो अहिलेसम्म पुगेको छैन फेरि आउँछ मात्रै भन्ने पहिला जस्तैः त होला नि ?
पोल गाडेको लगभग वर्षदिन बित्नलागि सक्यो केही त वर्षाले गाडेका पोलहरू समेत ढलेका छन् तर विद्युतको लाइन विस्तार भने अहिलेसम्म नभएको स्थानीय दिपेन्द्र खड्काले बताए ।
थलारा गाउँपालिका ८ मा रहेको मौभेरी खोला लघु जलविद्युतले काम गर्न छाडेपछि अहिले स्थानीयलाई मोबाइल चर्चा गर्न मेसिनहरू चलाउन बाट बन्चित छन् ।
थलारा गाउँपालिकामा २०७५/ ७६ को आर्थिक वर्षमा एक वर्ष भित्र गाउँपालिका भर लाइन विस्तार गरिसक्ने गरि विद्युत प्राबिधिकरण बझाङ वितरण शाखा र रकाल कन्सलट्स बिच सम्झौता भएको थियोे ।
तर अहिले ३ वर्ष बितिसक्दा पनि थलारा गाउँपालिका भर राष्ट्रिय प्रसारण लाइनको विद्युत बल्न सकेको छैन ।
सामानहरू समयमै नपुग्दा ढिलाइ भएको बिष्ट बताउँछन् ।