तिम्रो यादले सतायो

सेयर गरौं

सुरेन्द्र खत्री

मनमुटुकी मान्छे
अस्मिता मिठो माया
धेरै सम्झना 💞💞

अस्मिता आज किन हो मुटु झस्कियो । तिम्रो फोटो हेरेर मेरा आखा रसाए अनी परेलीलाई भिजाउँदै आँसुको थोपाले तन मनलाई भिजाए । हो अस्मिता बिर्सु भनेको थिएँ, गोधुली साँझमा सिरानीमा कोल्टे फेर्दा तिम्रो फोटो देखे अनी तिम्रो यादले सतायो र तिमीलाई प्रेम पत्र लेख्न मन लाग्यो ।

सायद तिमीलाई मेरो याद त आउदैन होला । बिर्सिएछौ कि कुन्नी, केही खबर पाउँदिन । थाहा थिएन तिमी मलाई यती सजिलै भुल्छौ भनेर । एक चोटी आँखा बन्द गरी हाम्रो मायाँको कल्पनामा डुब त, कति मिठो थियो त्यो क्षण । तिमी र म भन्ज्याङको चौतारीमा बसी पिरतीका मिठा मिठा सपना बुनेको अनी तिमीले मेरो काखमा सिरानी राखी आँखामा आँखा राखी पिरतीको भाका बोलेको । के तिमीले बिर्सियौ ? तिमीलाई सानो चोट लाग्दा पनि मेरो मुटु दुख्थ्यो ।

हो तिनै यादले मेरो मन जलेको छ । अस्मिता तिमीलाई कसरी देखाउ यो मनको दुखाई ? जानेर हो या नजानेर तिमीसंग गाँसेको पिरतीको डोरीले मेरो घाँटी कसीरहेको छ ।

मनमा बेदना गुम्सी रह्यो । पानी बिनाको माछी झैँ भएको छु, जालहारीले जालमा पारे झैं माया जालमा पारेर छोड्यौ । यो तन र मन कागज भए जलाई दिन्थे तर जलाउन सकिन । अस्मिता तिमीले मेरो मायाँमा के खोट देख्यौ र गनी गनी चोट दियौ ? के तिमीले म संग बिताएका दिन र रातहरु एक पलको मस्ति थियो ? किन अस्मिता किन तिमी ले मलाई धोका दियौ ? किन समाजको अगाडी बदनामको नाम दियौ ? बर र पिपलको जोडी जस्तै भएर बाँच्ने कसम खाएका थियौ । भनन अस्मिता किन तोड्यौ बाचा कसम ? किन छोड्यौ मेरो साथ ? झुठो रहेछ तिमीले गाँसेको पिरती ,जुनी जुनीसम्म जिउनलाइ खाएको बाचा टुट्नु रहेछ छुट्नु रहेछ र झुठा कसम खायौ ।

भनेका थियो “तिमी बिना अरु केही सोच्दन” झुठो रहेछ । आज तिमीलाई न बिर्सन सकें न त आफ्नो बनाउन सकें । तिम्रो मायाँले रोगी बनायो मलाई । मैले जस्तै मायाँ तिमीले पनि गरेको भए सायद हाम्रो मायाँमा कुनै अवरोध आउने थिएन होला तर तिमीले मायाँ मार्यौ । मेरो मायाँलाइ टुक्रा टुक्रा पारी अन्तै बसाई सर्यौ ।

हुन त तिमी पनि मौलाएको प्रेममा मायाँ जाल बुन्न थाल्याै होला है ! त्यसैले त मेरो मायाँलाई टुक्राई छोड्यौ । अस्ति भर्खर आउनु भएको माईला दाजुले भन्नु भाथ्यो नम्बर बाट हुने फ्रि कलले धेरै मायाँ जाल बुन्छन अरे सायद तिमी पनी मायाँ पिरती गाँस्दै छौ होला, हैन र ? जानु भन्दा अगाडी भनेकि थियौ नी “सुरेन्द्र म टाढा भए पनि तिम्रो मायाँ टाढा हुन्न” भनेर तर तिमीले त तिमी मात्र टाडा हैन मेरो मायाँ पनि टाढा बनाएछौ ।

कस्तो निष्ठुरी मन है तिम्रो ? अस्मिता कसैको मायाँमा फसेर आफ्नो जिन्दगीलाई खेल नबनाउनु है , परदेशको मायाँ मन दुखाउने चोट हुन् । मायाँ मा अल्झिएर छुट्दा साउने झरी झैँ आँसुझारी रुन नपरोस है अस्मिता

हो तिमीले मलाई धोका दिए पनि अरुलाई धोका न दिनु है र आफु पनी धोकामा न फस्नु है । तिमीले मायाँ मारे पनि अझै मायाँ लाग्दो रहेछ । तिमीले त बिर्सियौ हाम्रो प्रेमलाई तर मैले बिर्सन सकिन । त्यसैले तिम्रो यादमा एउटा प्रेम स्वरुप पत्र कोर्न मन लाग्यो झर्को नमान्नु है । मनमा गुम्सिएका भवाना त कति छन कति

उहीँ तिमीलाई एकहोरो प्रेम गर्ने पागल प्रेमी सुरेन्द्र
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
3
+1
0
+1
0
+1
0
+1
0
+1
1
संवाददाता
संवाददाता
Articles: 1356