सुदूरपश्चिम प्रदेशमा १ बर्षको अवधिमा ५ करोड ४१ लाख ९४ हजार रुपैयाँ राजश्व संकलन

सेयर गरौं
सुदूरपश्चिम प्रदेशमा १ बर्षको अवधिमा ५ करोड ४१ लाख ९४ हजार रुपैयाँ राजश्व संकलन गरिएको छ । ट्राफिक प्रहरीले सवारी कारबाही बाफत आर्थीक बर्ष २०७८/७९ मा उक्त राजश्व संकलन गरेको हो । सुदूरपश्चिम ट्राफिक प्रहरी कार्यालय अत्तरियाका अनुसार सो अवधिमा ९७ हजार १ सय ९ सवारी साधनमाथि कारवाही गरिएको छ ।

जसमा सबैभन्दा बढी मोटरसाइकल कारवाहीमा परेका छन । १ बर्षको अवधिमा ३५ हजार ४ सय २५ मोटरसाइकल कारवाही गरी २ करोड २ लाख ६९ हजार ५ सय राजश्व संकलन गरिएको छ । त्यस्तै १ बर्षको अवधिमा २३ हजार ९४८ जीप कार कारवाहीमा परेका छन । जसबाट १ करोड २८ लाख ५४ हजार राजश्व संकलन गरिएको प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाले जनाएको छ ।

सो अवधिमा १५ हजार १३६ ट्रक कारवाहिमा परेका छन । जसबाट ८६ लाख ४० हजार राजश्व संकलन गरिएको छ । १ बर्षको अवधिमा ४ हजार २३४ बस कारवाहीमा परेका छन जसबाट २३ लाख ७० हजार राजश्व संकलन भएको छ । प्रदेश ट्राफिक कार्यालयका अनुुसार ५ हजार ४६९ अन्य सवारी साधन कारवाहीमा परेका छन । जसबाट २९ लाख ८७ हजार राजश्व संकलन भएको छ ।

आर्थीक बर्ष २०७७/७८ मा ट्राफिक प्रहरीले ७९ हजार ८९ सवारी साधन कारबाही गरी ४ करोड ५७ लाख ६७ हजार राजश्व संकलन गरेको थियो भने आर्थिक बर्ष २०७६/०७७ मा ५६ हजार १ सय ५३ सवारी कारवाहीमा ३ करोड ३१ लाख ९९ हजार ५ सय राजश्व संकलन भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
संवाददाता
संवाददाता
Articles: 1311