थलारा गाउँपालिकाको सार्वजनिक सुनुवाइ कार्यक्रम सम्पन्न

सेयर गरौं

बझाङको थलारा गाउँपालिकाको सार्वजनिक सुनुवाइ कार्यक्रम सम्पन्न भएको छ । आर्थिक वर्ष २०७८/०७९ सालको वार्षिक सार्वजनिक सुनुवाइ कार्यक्रम बुधबार थलारा माध्यमिक विद्यालयको प्राङ्गणमा सम्पन्न भएको हो ।

थलारा गाउँपालिकाले अार्थिक बर्ष २०७८/०७९ मा भएका विभिन्न विकास निर्माण तथा भए गरेका गतिविधि र कमिकमजाेरि माथि छलफल तथा बहस गरिएको छ ।
वार्षिकरुपमा गरेका शिक्षा स्वास्थ कृषि पर्यटन अन्य विकासका निर्माणका योजना बारेमा सुझाव सल्लाह लिन र वर्षभरि गरेका कार्यक्रमका लेखाजोखा प्रस्तुत गर्न सार्वजनिक सुनुवाइ कार्यक्रमको आयोजना गरिएको हो ।

त्यस्तै जनताहरूले जनगुनोसो गरेभने जनप्रतिनिधिहरूले त्यसमा जवाफ दिएका थिए। भने आगामी दिनमा कसरी अगाडि बढ्ने सुझाव जनताले दिनुभएको थियोे ।

थलारा गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत सिद्धराज पण्डितले आर्थिक वर्ष २०७८/०७९ को वार्षिक आयव्यय प्रस्तुत गर्नुभएको थियोे ।

थलारा गाउँपालिकाको आर्थिक वर्ष २०७८/०७९ को पुजीगत र चालू दुबै गरि कुल बजेटको ८६.०३ प्रतिशत बजेट खर्च भएको छ ।

थलारा गाउँपालिका अध्यक्ष प्रकाश बहादुर रोकायाको अध्यक्षतामा भएको कार्यक्रममा जिल्ला समन्वय समिति उपप्रमुख कृष्ण बिष्ट प्रमुख अतिथि रहनु भएको थियोे ।
त्यस्तो बिशिष्ट अतिथि गाउँपालिका उपाध्यक्ष रामबहादुर खाती , अतिथिमा पालिका प्रमुख प्रशासकीय अधिकृत सिद्धराज पण्डित , नागरिक समाजका अगुवा धर्मजंग बहादुर सिंह , कार्यपालिका ,सदस्य वडा प्रतिनिधि, विभिन्न पार्टी प्रतिनिधि लगायत रहनु भएको थियोे ।

कार्यक्रम सञ्चालन थलारा गाउँपालिका नायब सुब्बा भरत बहादुर रोकायाले गर्नुभएको थियोे भने कार्यक्रम सहजीकरण पत्रकार डिबी बिष्टले गर्नु भएको थियोे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
1
+1
0
+1
0
+1
0
शिवजी मण्डेल
शिवजी मण्डेल

मण्डेल थलारा खबर स्थापना देखिनै हामीसँग काम गर्दै आएका छन् , उनी समसामयिक बिषयमा कलम चलाउँछन् ।

Articles: 212