बर्दियामा दिदीको घर जाँदैगरेकी किशोरीमाथि सामूहिक बलात्कार

सेयर गरौं

बर्दियामा दिदीको घर गइरहेकी एक किशोरी सामूहिक बलात्कारमा परेकी छिन। बर्दियाको बढैयाताल गाउँपालिका–५ फूलबारीमा १६ वर्षीया किशोरीमाथि बढैयातालस्थित दिदीघर जाँदै गर्दा बुधबार राति बाटोमा बलात्कार भएको हो।

बाँकेको बैजनाथ गाउँपालिका–८ बस्ने ३० वर्षीय राजेश मंगता र सोही ठाउँका २० वर्षीय रोहन खटिकले दिदीको घरसम्म पुर्याइदिने भन्दै पर्खिन लगाएको र राति बलात्कार गरेको भनी जाहेरी परेको जिल्ला प्रहरी कार्यालय बर्दियाले जनाएको छ।

किशोरीले घटनाबारे बिहीबार इलाका प्रहरी कार्यालय मैनापोखरमा जानकारी गराएपछि आरोपित दुई जना युवकलाई गुलरिया नागरपालिका–२ डल्लापुरबाट पक्राउ गरेको प्रहरीले बताएको छ। घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
संवाददाता
संवाददाता
Articles: 1060