१५ आश्विन २०८०, सोमबार

बझाङमा एक जना पुरुष गाडीमा मृत फेला
बझाङका एक जना पुरुष गाडीमा मृत फेला परेका छन् । मादक पदार्थ सेवन गरि पुतलीलेक मोडमा जीपभित्र सुतेका बुंगल नगरपालिका-११ पुतलीलेकका २५ वर्षीय बिरेन्द्र बोहरा आइतबार बिहान मृत फेला परेका हुन् ।
बित्थडचिर गाउँपालिकाको बित्थड बजारदेखि पुतलीलेकको लागि हिडेको सु.प.प्र.०४००१ च ०१७६ नम्बरको जिपमा बोहरा मृत भेटिएका हुन् । बित्थडदेखि चालक गणेश पातली र मृतक बोहराले मादक पदार्थ सेवन गर्दै हिडेको र मृतक बोहराको घर नजिकै जीप रोकेर सुतेको प्रहरीले जनाएको छ ।
राति ९:३० बजे पुतलीलेक मोडमा पुगेपछि जीप रोकेर चालक पातली र मृतक बोहरा सुतेको र बिहान चालक पातलीले उठेर ब्युझाउन खोज्दा मृत भेटिएको जिल्ला प्रहरी कार्यालय बझाङका सूचना अधिकारी तथा प्रहरी निरिक्षक जनक ढुंगानाले बताए । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
1
+1
+1
+1
4