२४ माघ २०८१, बिहीबार

अछाममा घर पहिरोले पुरिँदा एउटै परिवारका ३ जनाको ज्यान गयो
अछामको तुर्माखाँद गाउँपालिका वडा नम्बर २ भुलुमा पहिरोले घर पुरिंदा एउटै परिवारका तीन जनाको ज्यान गएको छ ।
स्थानीय पदम सिंह विष्टको घर पुरिंदा उनका परिवारका सदस्यहरुको ज्यान गएको वडा अध्यक्ष नरेन्द्रबहादुर शाहीले जानकारी दिए ।
जिल्ला प्रहरी कार्यालय अछामले पनि एकै परिवारका तीन जनाको ज्यान गएको पुष्टि गरे पनि मृतकको परिचय खुल्न बाँकी रहेको जनाएको छ ।
पहिरोमा पुरिएर एक जना घाइते भएका छन् । उनलाई उद्धार गरी स्थानीय स्वास्थ्य संस्थामा उपचारका लागि लगिएको छ ।गएराति १ बजेतिर पहिरो खसेको थियो । ओछ्यानमा सुतिरहेकाहरु पहिरोमा पुरिएका थिए । घटनाको थप विवरण आउन बाँकी छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1
+1
+1