बझाङमा धार्मिक तथा पर्यटकीय सुर्मा देवी बिरीजात मेलाको अवसरमा १ लाखभन्दा बढी धनराशिको भलिबल प्रतियोगिता सहित अन्य कार्यक्रम हुने

सेयर गरौं

शिवजी मण्डेल , बझाङ

बझाङमा लाग्ने प्रसिद्ध धार्मिक तथा पर्यटकीय सुर्मा देवी बिरीजात मेलाको अवसर समाजमा भएका कुरीति कुसंगती सम्बन्धि विभिन्न जनचेतनामूलक कार्यक्रम आयोजना गरिने भएको छ ।
जिल्लाको सुर्मा गाउँपालिका ४ मा सुर्मा समाज सुधार युथ क्लबको आयोजनामा विभिन्न जनचेतनामूलक कार्यक्रम आयोजना गरिन लागेको हो ।

गाउँ समाजमा अझै पनि कुरीती, कुविचार , कुसंगती कायमै रहेकाले यसलाई निर्मूलकरण गर्नका लागि सुर्मा समाज सुधार युथ क्लबले प्रसिद्ध धार्मिक तथा पर्यटकीय सुर्मा देवी बिरीजात मेलाको अवसरमा कुरीती , कुसंगती शिर्षकमा महिला पुरुष खुल्ला महिला पुरुष देउडा प्रतियोगिता , पुरुष खुल्ला भलिबल प्रतियोगिता र नृत्य तथा ढाँके नाँच प्रतियोगिताको आयोजना गरिएको क्लबका अध्यक्ष युवराज सुर्मेलीले बताए ।

भलिबल प्रतियोगिताको धनराशि प्रथम टिमलाई १ लाख १ हजार ४ सय ४४ रुपैयाँ सहित ट्रफी मेडल प्रमाणपत्र , द्वितिय ४० हजार सहित ट्रफी मेडल प्रमाणपत्र तृतीयले २० हजार र शान्तनाले ६ हजार सहित ट्रफी मेडल प्रमाणपत्र रहेको छ । भने टिम दर्ता शुल्क ६ हजार रहेको छ ।

पुरुषतर्फ देउडा प्रतियोगितामा प्रथम पुरस्कार १२ हजार द्वितिय पुरस्कार ६ हजार तृतीय पुरस्कार ३ हजार र शान्तना पुरस्कार १ हजार ४ सय रहेको छ, भने टिम दर्ता शुल्क १ हजार ४ सय रहेको सूचनामा उल्लेख गरिएको छ ।
पहिला देउडा प्रतियोगिता तर्फ प्रथम पुरस्कार १० हजार द्वितिय पुरस्कार ५ हजार तृतीय पुरस्कार २ हजार ५ सय र शान्तना पुरस्कार १ हजार २ सय रहेकोमा , टिम दर्ता शुल्क १ हजार २ सय रहेको छ ।
यस्तै नृत्य र ढाँके नाँच तर्फ प्रथमलाई ७ हजार द्वितियलाई ३ हजार ५ सय, तृतीयलाई १ हजार ५ सय र शान्तनालाई ९ सय पुरस्कार छ भने दर्ता शुल्क ९ रहेको सूचनामा भनिएको छ ।

अध्यक्ष सुर्मेलीका अनुसार हाम्रो पहिचान कला संस्कृतिक लोप हुँदै गइरहेको भन्दै यसको जगेर्नाका निम्ति , र खेलकुद क्षेत्रको विकासका लागि उक्त प्रतियोगिताको आयोजना गरिन लागेको हो ।
त्यस्तै समाजमा विभिन्न कला भएका जस्तैः नृत्य , ढाँके नाँच कलालाई पनि प्रोत्साहन र यसतर्फ सबैलाई आकर्षक गर्नका निम्ति पनि कार्यक्रम गरिन लागेको बताइएको छ ।

बितेका केही बर्ष अगाडि देखि सुर्मा देवी बिरीजात मेलाको अवसरमा विभिन्न कार्यक्रमको आयोजना हुँदै आएको भएपनि कोरोना महामारीको प्रकोप आएपश्चात् २/३ वर्षदेखि कुनै कार्यक्रमको आयोजना भएको छैन ।
मेलामा कार्यक्रम नहुँदा र कोरोना महामारीका कारण सहभागीताको संख्या घटेपनि अहिले बढ्ने स्थानीय दिपेश पुजाराले बताए ।
उनी भन्छन् बितेका दुई तीन वर्ष मेलामा कार्यक्रम नभएका कारण सहभागिताको संख्या घट्यो र यो वर्ष भने कार्यक्रम भएकाले साँच्चिकै सुर्मा देवि बिरीजात मेला, मेला जस्तै हुने र सहभागि दर्सकहरूको संख्या बढ्ने भएको हो ।

सुर्मा देवि बिरीजात मेला मेला मात्रै नभएर आयस्तर बढाउने बाटोको रुपमा पनि लिइन्छ । त्यहाँका व्यापार व्यवसायीहरूले सुर्मा देवि बिरीजात मेलामा वर्षभर खानलाई व्यापार गरेर आम्दानी गर्ने गरेका स्थानीय बताउँछन् ।
विभिन्न कार्यक्रम भएका कारणले यो वर्ष भने आयस्तारमा पनि वृद्धि हुने त्यहाँका व्यापारीहरू बताउँछन् ।उनीहरू भन्छन् मेलामा ५० हजार देखि १ लाख भन्दा बढीको आम्दानी हुन्छ । तर कोरोनाका कारण भने योभन्दा अघिल्लो वर्षहरूमा आयस्तर घटेको थियोे ।

सुदूरपश्चिमको एक प्रसिद्ध धार्मिक तथा पर्यटकीय रुपमा परिचित सुर्मा देवि बिरीजात मेला साउन महिनाको औंसीबाट सुरुभएर पुर्णिामासम्म चल्छ ।
कार्यक्रम साउन २४ गते मंगलबारदेखि सुर्मा गाउँपालिका ४ को नमुना बालबिकास प्राथमिक विद्यालय पिपलडाँडाको प्राङ्गणमा सञ्चालन हुने आयोजक कमिटीले जनाएको छ ।

सूचना 👇️

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
शिवजी मण्डेल
शिवजी मण्डेल

मण्डेल थलारा खबर स्थापना देखिनै हामीसँग काम गर्दै आएका छन् , उनी समसामयिक बिषयमा कलम चलाउँछन् ।

Articles: 212