अछाममा पहिरोले घर पुरिँदा मृत्यु ‍भएकाको पहिचान खुल्यो

सेयर गरौं

अछाममा पहिरोले घर पुरिँदा तीन जनाको मृत्यु भएको छ । जिल्लाको तुर्माखाँद गाउँपालिका वडा नम्बर २ भुलुका अमर विष्टको घर  पुरिँदा एकै घरका तीन जनाको ज्यान गएको हो ।

मृत्यु हुनेमा अमरका भाइ वीरेन्द्र विष्ट ,छोरा सविधान विष्ट, बुहारी हरिकला विष्ट रहेका छन् । यस्तै पहिरोमा परि नैना विष्ट  गम्भीर घाइते भएकी छन् । 

गए राति करिब १२ बजे घरमाथिबाट पहिरो खसेको स्थानीयले बताएका छन् ।अहिले स्थानीय जनप्रतिनिधि, प्रहरीको सक्रियतामा उद्धारको काम भइरहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
संवाददाता
संवाददाता
Articles: 1357