२५ मंसिर २०८१, मंगलवार
वरिष्ठ लोकदेउडा गायक कडायतको निधन
बझाङमा जन्मिएका वरिष्ठ लोकदेउडा गायक हरिसचन्द्र कडायतको निधन भएको छ । छबिसपाथिभेरा गाउँपालिका–२ मुम्ला घर भएका ५४ वर्षीय गायक कडायतको बुधबार उपचारका क्रममा निधन भएको हो ।
एक हप्ता अघि मस्तिष्क घातले धनगढीस्थित नवजीवन अस्पतालको भेन्टिलेटरमा राखेर उपचार भइरहेको थियो । गायक कडायत २०५० सालदेखि देउडा गायन सक्रिय रहेका थिए । उनका ‘कर्णालीका भेल’‘बझाङी काल्या’ ‘ल बिणी खान्या की’लगायत गीतले चर्चा पाएका थिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
1
+1
+1
+1
3