भ्रमणका कारण गाउँपालिकाका कार्यहरू नरोकिएको थलारा गाउँपालिकाको स्पष्टोउक्ति

सेयर गरौं

थलारा गाउँपालिकाको अवलोकन तथा भ्रमणका लागि हिँडेको टोली मुस्ताङ पुगेको छ ।
गाउँपालिका अध्यक्ष प्रकाश बहादुर रोकाया ,उपाध्यक्ष रामबहादुर खाती प्रमुख प्रशासकीय अधिकृत सिद्धराज पण्डित कार्यपालिका सदस्य ,वडा अध्यक्ष सचिव र पत्रकार गरि ४० जनाको टोली मुस्ताङ पुगेको हो ।

गाउँपालिकाको टोली त्यो क्षेत्रमा भएका पर्यटकीय क्षेत्र फलफूल खेती कृषि फर्म आलु पकेट क्षेत्र स्याउ बगैचा होमस्टे धार्मिक तथा पर्यटकिय क्षेत्र पशुपालनको अवलोकन र भ्रमण गर्न गएको हो ।

पालिका अध्यक्ष प्रकाशबहादुर रोकायाले थलारा खबर संग कुरा गर्दै हाम्रो उदेश्य भनेको यो क्षेत्रमा भएका विभिन्न क्षेत्रका अवलोकन गरि थलारा गाउँपालिकालाई पनि पर्यटकीय क्षेत्र फलफूल खेती कृषि फर्म आलु पकेट क्षेत्र स्याउ बगैचा होमस्टे धार्मिक तथा पर्यटकिय क्षेत्र पशुपालनमा प्रवर्द्धन गर्ने बताउनुभयो ।

थलारा गाउँपालिकामा सम्भावना थुप्रै भएको तर हामीसँग त्यो क्षेत्रलाई कसरी पर्यटकीय क्षेत्र फलफूल खेती कृषि फर्म आलु पकेट क्षेत्र स्याउ बगैचा होमस्टे धार्मिक तथा पर्यटकिय क्षेत्र पशुपालनमा प्रवर्द्धन गर्ने भन्ने सीप नहुँदा अघि बढ्न नसकेको बताउँदै अध्यक्ष रोकायाले हाम्रो भ्रमण टोलीले यो ठाउँमा पुगेर अवलोकन गरेका विषयहरू पालिकामा लागू गर्नेछ ।

थलारा गाउँपालिकाको टोली मुस्ताङ सेवा प्रभावित भएको भन्दै विभिन्न सञ्चारमाध्यमले समाचार प्रकाशित गरेपनि सेवा प्रभावित नभएको बताइएको छ ।
अध्यक्ष भ्रमणमा गएको भएपनि कार्यवाहक अध्यक्षको जिम्मा वडा नम्बर ५का वडाध्यक्ष नरबहादुर खातीलाई दिइएको छ ।
भने अन्य कार्यालय शिक्षा शाखा प्रमुख हर्क बहादुर रोकाया कार्यालयमै रहेका छन् । त्यस्तै, कृषि शाखा कर्मचारी विनोद रावल , पशु सेवा कर्मचारी सुपिप भण्डारी , स्वास्थ्य शाखा कर्मचारी जुन कुमारी ऐर , प्राविधिक शाखा बम विष्ट , सूचना शाखा तथा कम्प्युटर शाखा हेमन्त चन्द , एमआएस शाखा हरिकला ओली , लेखा शाखा हर्क थापाले सम्हाली रहनु भएको छ ,भने वडा सचिवको जिम्मा वडा नम्बर ३ का वडा सचिव जीवन कुमार जोशीलाई दिइएको छ ।

गाउँपालिका बाट प्रवाह गरिने कुनै पनि सेवा प्रभावित नभएको सहायक पाँचौ तथा निमित्त प्रमुख प्रशासकीय अधिकृतको जिम्मा सम्हालेका नरेश ओलीले बताउनुभयो ।
उनका अनुसार विषयगत शाखाका एक एक जना कर्मचारी पालिकामै रहेको र कुनै पनि सेवाग्राहीले पाउने सेवा प्रभावित भएको छैन् ।

पालिकाबाट प्रवाह हुने सामाजिक सुरक्षा सम्बन्धि कार्य सम्पन्न भइ बैंकमा पठाइसकेको सम्पूर्ण योजनाको भुक्तानी भइसकेको वडा कार्यालयबाट प्रवाह हुने कतिपय सेवाहरू पालिकाबाट एक हप्ताको लागि प्रवाह पालिकाबाटै प्रवाह हुने व्यवस्था गरिएको शिक्षा शाखा प्रमुख हर्क बहादुर रोकायाले बताए ।

साउन ६ गते शुक्रबार भ्रमणमा हिँडेको टोली १५ गते आइतबार कार्यालय हाजिर हुने भ्रमण टोलीले जनाएको छ ।

सम्बन्धित निकाय संग सम्पर्क नगरि सुनेको भरमा टिकाटिप्पणी भइरहेको प्रमुख रोकायाले उनलेे बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
5
+1
0
+1
4
+1
3
+1
1
+1
0
थलारा खबर
थलारा खबर
Articles: 72