बझाङको थलारा गाउँपालिका – ५ का वादीसमुदायका बालबालिकालाई शैक्षिक सामाग्री र विद्यालय पोशाक वितरण

सेयर गरौं

बझाङको थलारा गाउँपालिका – ५ का वादीसमुदायका बालबालिकालाई शैक्षिक सामाग्री र विद्यालय पोशाक वितरण गरिएको छ ।
प्रगतिशील युवा समाजको सिकाइ परियोजना र थलारा गाउँपालिका वडा नम्बर ५ को साझेदारीमा शैक्षिक सामाग्री तथा विद्यालय पोशाक वितरण गरेको हो ।

थलारा गाउँपालिका वडा नम्बर ५ ले विद्यालय पोशाक र प्रगतिशील युवा समाजले झोला जुत्ता कापीकलम लगायतका स्टेसननरी सामानहरू वितरण गरेको प्रगतिशील युवा सामाज परियोजना संयोजक राजेन्द्र खड्काले बताए ।

वादिसमुदायका बालबालिका लाई पढाइमा सहजता ल्याउन र उनिहरुलाइ पोरोत्साहित गर्ने हेतुले शैक्षिक सामग्रिका साथै
विद्यालय पोसाक वितरण थलारा गाउँपालिका -५ का वडाध्यक्ष नरबहादुर खातीले जानकारी दिनुभयो ।

अध्यक्ष खातीका अनुसार आयस्तरमा कमजोर भएका वादिसमुदायका ३२ जना बालबालिकालाई शैक्षिक सामाग्री तथा विद्यालय पोशाक वितरण गरिएको छ।

पोशाक तथा शैक्षिक सामाग्री वितरण कार्यक्रम थलारा गाउँपालिका -५ का वडाध्यक्ष नरबहादुर खातीको अध्यक्षतामा र पालिकाकाका प्रमुख निमित्त प्रमुख प्रशासकीय अधिकृत नरेश ओलीको प्रमुख आतिथ्यततामा भएको थियोे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
1
+1
0
+1
0
+1
3
+1
0
+1
0
+1
0
शिवजी मण्डेल
शिवजी मण्डेल

मण्डेल थलारा खबर स्थापना देखिनै हामीसँग काम गर्दै आएका छन् , उनी समसामयिक बिषयमा कलम चलाउँछन् ।

Articles: 212