२ फाल्गुन २०८१, शुक्रबार

बझाङको जयपृथ्वी नगरपालिकाद्वारा एमबिबिएस पढ्न चाहनेहरुका लागि आवेदन खुल्ला
बझाङको जयपृथ्वी नगरपालिकाले एमबिबिएस पढ्न चाहनेहरुका लागि आवेदन खुल्ला गरेको छ । एमबिबिएस पढ्न चाहने जयपृथ्वी नगरपालिकाभित्रका विद्यार्थीहरुका लागि छात्रवृत्तिको आवेदन खुला गरेको हो ।
विज्ञान संकायबाट कक्षा १२ पास गरेका र नेपाल सरकारले लिने एमबिबिएसको प्रवेश परीक्षामा नाम निकालेका विद्यार्थीहरुका लागि नगरपालिकाले यही साउन १८ गतेभित्र आवेदन दिन शिक्षा युवा तथा खेलकुद शाखामा सम्पर्क राख्न अनुरोध समेत गरेको छ। एम.बि.बि.एस इन्टार्स पास गरेका एक जना विद्यार्थीलाई बर्षको एकपटक आर्थिक रकम सहयोग गर्न भएको छ।
छात्रवृत्ति पाउनका लागि कक्षा ६ देखि कक्षा १० सम्म नगरपालिकाभित्रका जुनसुकै माध्यमिक विद्यालयमा पढेको हुनुपर्ने र १२ कक्षामा विज्ञान विषय लिई नेपालभरको जुनसकै विद्यालयबाट भए पनि पास गरेको जयपृथ्वी नगरपालिकाभित्रको स्थायी नागरिक हुनुपर्ने मापदण्ड तोकिएको छ । नगरपालिकाले प्रत्येक वर्ष एक जनालाई एकजनालाई एमबिबिएस पढाउने बताएकाे छ ।
