१५ आश्विन २०८०, सोमबार

आफ्नै छोराले बाबुको बन्चरो प्रहार गरि हत्या
बैतडीमा आफ्नै छोराले बाबुको बन्चरो प्रहार गरि हत्या गरेका छन् ।
जिल्लाको डिलासैनी गाउँपालिका ५ सेरामा शुक्रबार आज बिहानै २१ वर्षीय लोकेन्द्र जोशीेले आफ्नै बाबु अन्ताजी ६० वर्षीय अन्तराम जोशीको टाउकोमा बञ्चरो हानी हत्या गरेको वडा नं ५ का वडा अध्यक्ष यज्ञ भट्टले जानकारी दिए ।
हत्या गर्ने लाकेन्द्र जोशीको मानसिक सन्तुलन ठिक नभएको बुझिएको छ । हत्या गर्ने जोशीलाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान थालेको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रहरी निरिक्षक लोकराज जोशीले जानकारी दिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1
+1
+1