२९ मंसिर २०८१, शनिबार
बझाङमा र दार्चुलामा लाग्ने धार्मिक प्रसिद्ध तथा पर्यटकीय सुर्मा देवी बिरीजात मेला सुरु
शिबजी मण्डेल बझाङ :
हरेक वर्ष बझाङमा र दार्चुमा लाग्ने धार्मिक प्रसिद्ध तथा पर्यटकीय सुर्मा देवी प्रसिद्ध बिरिजात मेला सुरु भएको छ । सदाको बर्षझै यो वर्ष पनि श्रावण महिनाको औंसी बाट सुरु हुने सुर्मा देवि प्रसिद्ध बिरीजात मेला साउन १३ गते शुक्रबारबाट सुरु भएको हो ।
हरेक वर्ष साउन महिनाको औंसी देखि पूर्णिमा सम्म बिरीजात मेला लाग्ने गर्दछ ।
सुर्मा देवी विरिजात धार्मिक प्रसिद्ध तथा पर्यटकीय मेलाको समयमा सुर्मा देवी भगवती माताको लामोसमयसम्म पूजा आराधना गरि मनाउने परम्परा रहेको छबिस पाथिभेरा गाउँपालिका वडा नं ७ का स्थानीय कलक बहादुर मण्डेलले बताएका छन् ।
कसरी सुरु हुन्छ सुर्मा देवी बिरिजात मेला ?
साउन महिनाको औंसीका दिन सुर्मा देवीका आलिपालिका गाउँका सबै करियाहरू धामीझाँक्री नाइक जाग्री पुजारी सुर्मा देवीको मन्दिरमा जाने गर्दछन् , मन्दिरमा गएर पूजापाठ गर्ने धामीझाँक्री काप्ने परम्परागत चलन रहेको छ । मन्दिरमा गई पूजाआराधना गरिसकेपछि बाँधा सुरु भएको मान्ने प्रचलन रहेको छबिस पाथिभेरा गाउँपालिका ७ घट्टेका सर्मा देवीका पुजारी हाँसे मण्डेल बताउनु भयो ।
बाँधा सुरुभएपछि १० दिनसम्म तिर्थालु भक्तजनहरू त्यहाँ रहेका सुर्मा देवी मन्दिरमा पूजाआराधना गरि बाँधा मान्ने गर्दछन् । बाँधा मानिएको समयमा साँझपख दैपाण भनिने देउघरमा गाउँका सबै जम्मा हुने ढाँका नाच नाच्ने ढुस्का गीतहरू गाउने तथा धामीझाँक्री काप्ने गर्दछन् ।
सुर्मा देवी बिरिजात मेला एक वर्ष सानो बिराइ र एक वर्ष ठुलो बिराइ मानिने गरेको छ । सानो बिराइमा सुर्मा सरोवर मान्छे कम जाने गरेको स्थानीयहरूले बताएका छन् । भने ठूलो बिराइमा कहिले सुर्मा सरोवर नगएकाहरू बालबिर जाने गरेको पाइएको छ । बाँधा सुरु भएयता पाँच बाँधा भइसकेपछि बालबिर जानेहरूले शुद्ध रहने व्रत बस्ने सुर्मा देवीको पूजाआराधाना गर्ने चलन रहिआएको छ । यो वर्ष सानो बिराइ परेको र बालबिर नजाने बिराइ रहेको धौँलपुरा देवताका धामी सुवास मण्डेलले बताए ।
सुर्मा देवी बिरीजात मेला, मेला मात्रै नभएर आपसी भेटघाट गर्ने समय पनि हो , यो मेलामा परदेशीएकाहरू घर फर्किने गर्दछन् , भने त्यसैगरी छोरी बहिनिहरू पनि घाइतिघर आउने गर्दछन् ।
१० दिन बाँधा मानिसकेपछि एकदासिका दिन उबासु पर्व माग्ने गरेका छन् । उबासुका दिन बिहानै उठेर स्नान गर्ने त्यसपछि मिठा मिठा खाने परिकारहरू पकाउने गरेको स्थानीय राजन मण्डेलले बताउनुभयो । उनका अनुसार उबासुका दिन करियाहरू सबै सुर्मा देवीको मन्दिर जाने पूजाआराधाना गर्ने र सुर्मा सरोवर जानेलाई धामीझाँक्री कापेर बोलाउने परम्परागत चलन रहेको छ । त्यसपछि घर फर्किने र बिहान पकाएको परिकारहरू खाने गरेका छन् ।
त्यसपछि भोलिपल्ट बिहानै उठेर सुर्मा सरोवर जाने तीर्थालु भक्तजनहरू सुर्मा देवीको मन्दिरमा गई पूजाआराधना गरेर सुर्मा सरोवरको यात्रा शुभारम्भ हुने छबिस पाथिभेरा गाउँपालिका ७ खोरीका स्थानीय मकर बोहराले बताउनुभयो ।
बाँधामा के के बाँधा मानिन्छ ?
जगतकि माइ भगवती माता सुर्मा देवी छिपिलि भएकाले बाँधा सुरु भएयता जाँड रक्सी नखाने माछा मासु लसुन नखाने चोखो न्युतो शुद्ध रहने तथा छाउछुत नगर्ने व्रत बस्ने चलन रहेको छ । पहिला पहिला बाँधा मानिएको समयमा खालि खुट्टा हिँड्ने अर्को ठाउँको मान्छे गाउँमा प्रवेश गर्न रोक लगाइएको भएपनि अहिल्यै त्यस्तो नभएको स्थानीयहरू बताउछन् , यदि अशुद्ध भए नराम्रो हुने दुःख कष्ट पाउने जनविश्वास रहेको पाइएको छ ।
कहिले र कसरी जान्छन् तिर्थालु भक्तजन सुर्मा सरोवर ,
बाँधा समाप्त भएको एकादशीका दिन (उपासु) मनाई सकेको भोलिपल्ट व्रत बसी तीर्थालु भक्तजनहरू सबेरै उठेर धारामा स्नान गरी निगालोका लौरा (लाकुणी) को पूजा गरी घट्टे खोरीको सुर्मा देवीका मन्दिरमा जम्मा हुन्छन् । त्यसपछि घट्टे खोरी गाउँका सुर्मा सरोवरको यात्रामा जाने तिर्थालु भक्तजनहरू यो वर्ष सानो बिराई भएका कारण लुकिछिपि तिर्थस्थलको यात्रा आरम्भ गर्दछन् ।
घट्टे गाउँका तिर्थालु भक्तजन गाउँबाट हिँडिसकेपछि खोरी गाउँ ठेउकामा पुग्छन् र त्यहाँ खोर्याल घट्यालको पणछमी हुन्छ , र त्यसपछि सुर्मा माताको जयजयकार (चाहाचाहा) गर्दै खोरीबाट भिण्यान ल्वाडापातल हुँदै नजिकैको ल्वाडागाउँको चौतारामा जम्मा भई (पणछमी) हुन्छ ।
ओरालो झर्दै माटेसाँघुबाट उकालो चढ्दै पातललेखबाट सुर्मा गाउँपालिकाको सैन गाउँमा पुग्दछन् र त्यहाँ रहेको भुकोहाल्ना भन्ने मन्दिरमा अन्निफाको चढाएपछि साँझ थकुन्नाडा गाउँमा रहेको सुर्मादेवी पागरजडी मन्दिरमा पुग्दछन् । त्यहीँ साँझको समयमा सेलाखेत, धामीलेख र घोगाडाबाट आउने सुर्मादेवीका धामी पुजारी आलीपालीहरूको (लोग) लाई थकुन्नाडा गाउँमा भेट गरी पणछमी गर्दछन् । पणछमीको समयमा खोरी र घट्टे गाउँका तीर्थालु भक्तजनहरू ढाँका बजाउँदै धामीझाक्रीलाई काँधमा बोकेर स्वागत् गरी साँझ त्यहाँ रहेको दहीपाण भनिने देउघरमा गई जागरम बस्दछन् ।
कोही राति नै त कोही भोलिपल्ट सबेरै सबै तीर्थालु भक्तजनहरू फेरि सानो बिराइको कारणले त्यहाँबाट पनि लुकिछिपि स्नान गर्न सरोवरको यात्रा आरम्भ गर्दे हिमालतिर उकालो चढ्दछन् । थकुन्नाडा गाउँमा रहेको सुर्मादेवी पागरजडी मन्दिरबाट करिव दुई घण्टा उकालो चढेपछि तीर्थालुहरू लोट्नी भन्ने ठाउँमा पुग्दछन् । सुर्मा माताको जयजयकार गर्दै सुर्मा सरोवर तालमा स्नान गर्न उकालो लागेका भक्तजनहरू पाँच घण्टापछि करिब चार हजार मिटर उचाइमा रहेको नाच्नी भन्ने डाँडामा जम्मा हुन्छन् । त्यहाँ रहेको सुर्मादेवी माताको मन्दिरमा तीर्थालुहरू खानाका परिकार चढाउँछन् ।
श्रद्धालु भक्तजनहरू नाच्नीबाट मधुखर्क, बुढी विनायक, जलजला हिमखेत, चाँदेशिखर हिमाल हुँदै साँझ पवित्र मानिने सुर्मा सरोवर तालमा पुग्दछन् । सुर्मा सरोवरमा पूजा आराधनासँगै स्नान गरीसकेपछि श्रद्धालु भक्तजनहरू सुर्मादेवी मातालाई आफूले चिताएको वर माग्दछन् र साँझ ताल नजिकै रहेका ओढारमा वास बस्दछन् ।
त्यसको भोलिपल्ट सबेरै उठेर त्यहीँ गएको बाटो फर्किन्छन् र बेलुकी पख सुर्मा गाउँपालिका ४ थकुन्नाडा पुग्छन् , त्यहाँ पणछो हुन्छ ,र त्यहीँरहेको सुर्मा देवि मन्दिरमा सुर्मा सरोवरबाट ल्याएको जल प्रसाद चढाई पुजाआरधना गर्छन् , र त्यसपछि खाना खान्छन् , खाना खाए लगत्तै त्यहाँ बस्नु हुन्न भनेर श्रद्धालु भक्तजनहरू घरको बाटो लाग्ने गर्छन् । त्यसपछि त्यहीँ बाट पर निस्केर आफन्तहरूको घरमा वास बसी बिहानै उठेर घरतर्फ लाग्छन् , दिनभर यात्रा पश्चात् बेलुकी पख ल्वाडापातलमा अघि आएका खोरी घट्टे गाउँ श्रद्धालु भक्तजन त्यहाँ पर्खिन्छन् र सुर्मा सरोवर गएका सब श्रद्धालु भक्तजनहरू जम्मा भइ सुर्मा देवीको जयजयकार , चाहाचाहा गर्दै हिँड्छन् , र आधा घण्टापछि खोरी गाउँमा रहेको सुर्मा देवी मन्दिरमा जम्मा भइ सरोवरबाट ल्याएको जलप्रसाद चढाइ पूजाआराधना गर्दछन् । पूजा सके पश्चात् खोरी गाउँका खोर्यालले घट्या भाइबिनाउ नास्ता खाएर जाउँ भन्ने गर्छन् । र एक दुई जना नास्ता खाएर घट्टे गाउँका श्रद्धालु भक्तजनहरू घरतर्फ लाग्छन् , ।
घरभन्दा तल बिरखट्टमा घरमा रहेका र सरोवर गएका बिच भेटघाट हुन्छ , घरमा रहेका र सरोवर गएका बिचमा प्रसाद टीका लगाउँछन् मनले चिताएको वर प्राप्ति होस् भन्छन् अनि त्यसपछि त्यहाँ अवस्थित सुर्मा देवी मन्दिरमा जल प्रसाद चढाउने पुजा आराधना गरि फर्केर दहिपाण अर्थात् देउघरमा खाना खाई आआफ्नो घरमा जान्छन् ।
त्यसकोभोलिपल्ट बुड्खोरी रहेको सुर्मा देवि मन्दिरमा पुजाआरधना गर्न खोरी घट्टे गाउँका श्रद्धालु भक्तजन जम्मा भई सुर्मा मन्दिरमा गई मनमा लागेको इच्छा पूरा होस् भनी वरमागि अन्तमा त्यहाँ पुजाआरधना सकि घरफिर्ती हुन्छन् र सुर्मा देवी बिरिजात मेला समापन हुन्छ ।
किन जान्छन् सुर्मा सरोवर ?
बझाङ जिल्लाकै एक धार्मिक तथा पर्यटकीय प्रसिद्ध स्थल सुर्मा सरोवर ताल समुन्द्री सतहबाट करिब १४ हजार फिटको उचाइमा रहेको छ । यहाँ तिर्थालु भक्तजनहरू गएर स्नान गरेभने सुर्मा देवी भगवती माताले मनकामना चिताएको इच्छा पूरा हुने निसन्तान लाई सन्तान प्राप्ति हुने आफूले गरेको पाप हट्ने खुसी मिल्ने जनविश्वास र किंवदन्ती रहि आएको छविस पाथिभेरा गाउँपालिका ७ का सुरेश मण्डेलले बताउनुभयो ।
सुर्मा देवी भगवती माताको उत्पति कहाँबाट भयो ? र कसरी गइन् सर्मा सरोवर ?
सर्मा देवीको उत्पत्ति दुर्गाथलि गाउँपालिका स्थित थलिजिउलामा रहेको दुर्गा भगवती मन्दिरबाट भएको जनविश्वास रहेको छ । पैराणिक कथा अनुसार थलि मन्दिरमा जेठी दुर्गा देवी र कान्छी सुर्मा देवी दुई वटै बहिनी श्रीमती सँग भगवान माहालिंग बस्दथे ।
महालिङ्ग भगवान लाई कुष्टरोग लागेपछि रोग निको पार्न लसुन पिसेर लगाउने सल्लाह अनुसार जेठी बहिनी दुर्गा देवीले कान्छी बहिनी सुर्मा देवीलाई लसुन पिस्न आग्रह गरिन सुर्मा देवीले नाखथुनेर लसुन पिस्न थालेपछि दुर्गा देवीले त्यतिकि छिपिलि भया सुर्मा सरोवर बस भनेको बचन सहन गर्न नसकी सुर्मा देवीले थार भनिने जंगली जनावरको भेषमा बुडखोरीमा रहेको सुर्मा मन्दिरमा गएर बसिन् ।
जंगली जनावरको भेषमा रहेकी सर्मा देवीले खोरी र घट्टे गाउँका बासिन्दाले घाममा सुकाउदै गरेको अन्न बाली बिस्कुन चोरेर खान थालिन् । सर्मा देवीले दिनहुँ बिस्कुन खानथालेपछि खोरी घट्टे गाउँकि महिलाहरूले श्रीमानलाई सिकार गर्न भनिन् । त्यसपछि पुरुषले तिखा हतियार भालाले थारलाई लखेट्दै जाँदा अन्तमा सुर्मा सरोवर तालमा पुगेर सुर्मा देवीको औंतार भएको भन्ने किंवदन्ती रहेको छ ।
त्यसपछि सुर्मा सरोवरमा गएर वर्षेनि पूजाआरधना गर्ने थालेको सुर्मा देविका करियाहरू बताउँछन् ।
सुर्मा दे बिरीजात मेला बझाङ र दार्चुलामा लाग्ने गर्दछ , दार्चुलामा पनि आजबाट बाधा अर्थात सुर्मा देवी बिरीजात मेला सुरुभएको त्यहाँका स्थानीयले बताए ।