केदारस्युँका बेपत्ता पुरुष मृत फेला

सेयर गरौं

बझाङमा एक पुरुष मृत अवस्थामा फेला परेका छन् ।  जिल्लाको केदारस्यु गाउँपालिका वडानम्बर ६ बिनाडाका अन्दाजी ३७/३८ वर्षिय करन धामी शनिबार  मृत फेला परेका हुन्।
करन साउन ९ गते सोही ठाउँको चन्द्रोदय मावि भाड्सैनि विद्यालयको बैठकमा जान्छु भन्दै घरबाट गएका र बैठक सम्पन्न भए लगत्तै उनि सम्पर्क बिहिन भएका थिए  ।
त्यहीँ दिनदेखि उनी बेपत्ता भएको प्रहरीले जानकारी दिएको छ। बेपत्ता भएका उनी आज घरबाट करिब एक घन्टा टाढा भिरको बाटोबाट खसेको अवस्थामा मृत  फेला परेका हुन्।
यस सम्बन्धमा  थप अनुसन्धान भैरहेको पनि प्रहरीले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
1
+1
0
+1
0
+1
0
संवाददाता
संवाददाता
Articles: 1072