६ आश्विन २०८०, शनिबार

बझाङ्गका सुर्मा देवी मन्दिरमा विधिपुर्वक पुजा गरिँदै
बझाङमा आज सुर्मा देवीका मन्दिरहरूमा पुजाआराधन गरिदैछ ।
आज साउन २० गते श्रावण शुक्ल अष्टमी शुक्रबार यहाँ सुरुभएको सुर्मा देवी बिरिजात मेलाको आठौं दिन सुर्मा देवीका आलिपालिहरूले सुर्मा देवी मन्दिरमा विधिपूर्वक पुजाआरधना गर्न लागेका हुन् ।
जिल्ला स्थित रहेका सुर्मा देवीका आलिपालि अर्थात् करियाहरूले आज बिहानै स्नान गरि निराहार गाउँमा रहेको ( दहिपाण) भनिने देउघरमा जम्मा भइ, सुर्मा देवी मन्दिरमा प्रस्थान गर्दछन् । सुर्मा मन्दिरमा प्रस्थान गरेका करियाहरू मन्दिरमा अष्टमी पुजा आरधना गर्छन् र पुजा सक्काएर घर फर्किन प्रचलन रहेको छ ।
छबिस पाथिभेरा गाउँपालिका -७ खोरी, घट्टेका सुर्मा देवी मन्दिर अन्य पालिका भित्रका सुर्मा देवी मन्दिर, दुर्गाथलिमा रहेका सुर्मा मन्दिर, सुर्मा गाउँपालिका- ४ मा रहेको पाङ्गरचडी सुर्मा देवी मन्दिर त्यस्तै सेलाखेत, धामीलेख,र घोगाडाका सुर्मा देवी मन्दिर लगायत जिल्लामा अवस्थित सबै सुर्मा देवी मन्दिरमा आज अष्टमी पुजा गरिदैछ।
यहाँका सुर्मा देवीका आलिपालि अर्थात् करियाहरू लामो समयसम्म जगतकी धनी सुर्मा देवीको पुजा आरधना गरि सुर्मा देवी बिरिजात मेला मनाउने गर्दछन् ।
सुर्मा देवी बिरिजात मेला हरेक वर्ष साउन औंसीबाट सुरु भएर पुर्णिामा सम्म लाग्ने गर्दछ।
सुर्मा देवी बिरिजात मेलाको समयमा सुर्मा देवी छिपिलि भएका कारण यसका करियाहरू लसुन अण्डा मासुमा बाँधा मान्छन् ।
बाँधा मानिएको समयमा देवीका करियाहरू साँझपख त्यहाँ रहेका (दहिपाण) भनिने देउघरमा ढाँका नाच नाच्ने , ढुस्का गीत गाउने गरेको पाइन्छ
लामो समयसम्म सुर्मा देवीको पुजा आरधना गर्दा मनले चिताएको वर प्राप्ति हुने यहाँका सुर्मा देवीका करियाहरूको जनविश्वास रहेको छ ।