बझाङका नदिमा पानीको बहाव बढेसँगै देउरा बजार उच्च जोखिममा

सेयर गरौं

पवन बोहरा, बझाङ ,

बझाङको केदारस्युँ गाउँपालिकाकाे देउरा बजार उच्च जोखिममा रहकाे छ ।
बर्खायाम सुरू भए सङ्गै बझाङका खाेला,नाला र नदिकाे सतह बढ्दै गएका छन । खाेला नाला र नदिकाे सतह बढे सङ्गै नदिकाे छेउ छाउमा रहेका बस्ति हरू उच्च जाेखिम मा रहेका छ । बर्षायाम सुरू भए पछि बझाङकाे सदरमुकाम चैनपुर हुँदै बग्ने सेती नदिकाे सतह बढ्दै गएकाे छ । पानिकाे सतह बढेपछि केदारस्युँ गाउँ पालिकाकाे देउरा बजार पनि उच्च जाेखिम मा रहेकाे छ । कालङ्गा र सेती नदिकाे बिचमा रहेकाे देउरा बजारमा पानिकाे सतह बढे सङ्गै कुन ठाउँ बाट बगाउने हाे पत्ताे छै । बर्षा याम सुरू भए सङ्गै रात भर निन्द्रा नलाग्ने देउरा बजारका व्यापारीले बतायका छन् ।

उहाका अनुसार हरेक बर्ष गाउँ पालिकाकाे आर्थिक सहयाेगमा नदि छेउछाउमा तटबन्धन गरिएकाे हुन्छ । तर अबिरल बर्षाका कारण एकै रातमा तटबन्धको नाम निशान मेटिन्छ । अबिरल बर्षाका कारण सेती नदिले देउराकाे आदा भाग बगाई सकेकाे छ । यस्तै पानी पर्ने हाे भने सेती नदिले देउरा बजारनै बगायर लग्छ । मानव बस्ति सम्म नदि पुग्न लग्भग ६०/७० मिटर मात्र रहेकाे छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
1
+1
4
+1
1
+1
11
पवन बोहरा
पवन बोहरा
Articles: 35