२६ माघ २०८१, शनिबार

थलारा गाउँपालिका-५ ले दुई दलित विद्यार्थीलाई डिप्लोकमा इन सिभिल इन्जिनियरिङमा ५० प्रतिशत छात्रबृत्ति दिने
बझाङ – थलारा गाउँपालिका वडा नम्वर ५ ले वडा भित्रका दुई जना दलित विधार्थीलाई डिप्लोमा इन सिभिल इन्जिनियरिङमा ५० प्रतिशत छात्रवृत्ति दिने भएको छ । वडा भित्र वसोवास गर्ने एक छात्र र एक छात्रा गरी दुई जनालाई ५० प्रतिशत छात्रवृत्ति दिइ ३ वर्षिय डिप्लोमा इन सिभिल इन्जिनियरिङ पढाउने भएको हो ।
थलारा गाउँपालिका वडा नम्वर ५ का वडा अध्यक्ष नर वहादुर खातीले वडा अध्यक्ष विशेष कार्यक्रम अन्तरगत वडा भित्र बसोवास गर्ने वसोवास गर्ने तीन वर्षिय डिप्लोमा इन सिभिल इन्जिनियरिङ पढ्न चाहाने एक छात्र र एक छात्रा गरी दुइ दलित विधार्थीलाई ५० प्रतिशत छात्रवृति दिने निर्णय गर्नु भएको हो ।
वडा अध्यक्ष खातीले शुक्रवार एक सुचना जारी गरेर इच्छुक विधार्थीलाइ सिटिइभीटिको मापदण्ड अनुसार श्रावण २६ गतेभित्र थलरा माध्यामिक विध्यालयमा तीन वर्षे डिप्लोमा इन सिभिल इन्जिनियरिङकालागि प्रवेश परिक्षा आवेदन फारम भर्न अनुरोध गर्नु भएको छ ।