सुर्मा देवीका (आलिपालि) करियाहरू उपासु पर्व मनाउँदै ,भोलिदेखि सुर्मा सर‍ोवरको यात्रा शुभारम्भ हुने

सेयर गरौं

शिवजी मण्डेल
बझाङ र दार्चुलाका सुर्मा देवीका (आपिपालि,) रियाहरूले विधिपूर्वक उपासु पर्व मनाउँदै छन् ।
औंसी देखि सुरु भएको धार्मिक ऐतिहासिक तथा पर्यटकीय सुर्मा देवी बिरिजात मेला आज एकादसीको दिन उपासु पर्व मनाउने परम्परा अनुसार पर्व मनाउन लागिएको हो ।

सुर्मा देवीको दस दिनको लामो पुजा आरधना पश्चात् आज ११औं दिन सबेरै उठेर देवीका (आलिपालि) करियाहरूले धारामा गएर स्नान गरि निराहार घरघरमा मिठा खाने परिकार पकाइ रहेका छन् ।

अहिले मिठामिठा खाने परिकार पकाएर सुर्मा देवीका करिया गाउँवासी निराहार दिउँसो (दहिपाण) भनिने देउघरमा जम्मा भएर ढाँका , पुजा सामाग्रीहरू बोकेर सुर्मा देवीका मन्दिरमा पुजाआरधनाका लागि प्रस्थान गर्ने प्रचलन छ ।
आज घट्टे खोरी गाउँका सुर्मा देवी मन्दिरमा विधिपुर्वक पुजाआरधना गरिन लागेको छबिस पाथिभेरा गाउँपालिका -७ घट्टे गाउँका स्थानीय सुरेश मण्डेलले बताउनुभयो ।
सुर्मा देवी मन्दिरमा प्रस्थान गरेका करियाहरूले मन्दिरमा पुजा आरधना गर्ने धामीझाँक्री काप्ने र त्यसपछि पुजा गरिसकेर घर फर्केर बिहान पकाएका खानेकुराहरू खोने गर्दछन् ।

आजै साँझपख सुर्मा गाउँपालिका-४ मा रतेडी मान्ने खर्क जाने रातभर ढुस्का गीत माङ्गल फाग गाउने जाग्राम बस्ने गरेको स्थानीय दिपेश पुजाराले बताए ।

सुर्मा देवी बिरिजात मेला, उपासु पर्व , पर्वमात्र नभएर एउटा आपसी भेटघाट र सद्भाव जगाउने समय पनि हो ।
यो समयमा परदेशीयका गाउँवासी घर फर्किने , छोरी बहिनीहरू माइतीघर सुर्मा देवीको पुजाआरधनाका लागि आउँछन् । लामो समयसम्म हुन नसकेको भेटघाट उपासु पर्वले गराउने गरेको माइतीघर आएका छोरी बहिनीले बताउँछन् ।

सुर्मा देवी बिरिजात मेला हरेक वर्ष साउन औंसीबाट सुरु भएर पुर्णिामा सम्म लाग्ने गर्दछ।
सुर्मा देवी बिरिजात मेलाको समयमा सुर्मा देवी छिपिलि भएका कारण यसका करियाहरू लसुन अण्डा मासुमा बाँधा मान्छन् ।
बाँधा मानिएको समयमा देवीका करियाहरू साँझपख त्यहाँ रहेका (दहिपाण) भनिने देउघरमा ढाँका नाच नाच्ने , ढुस्का गीत गाउने गरेको पाइन्छ । दसदिको बाँधा सकेको भोलिपल्ट एकादसीका दिन उपासु पर्व मानिन्छ ।
आज एकादसी उपासु पर्व मानीसकेपछि भोलि बिहान बाट सुर्मा सरोवरको जुताचप्पल बिनाको पैदल यात्रा सुरु हुन्छ ।

लामो समयसम्म सुर्मा देवीको पुजा आरधना गर्दा मनले चिताएको वर प्राप्ति हुने यहाँका सुर्मा देवीका करियाहरूको जनविश्वास रहेको छ ।

सुर्मा देवी बिरिजात मेला बझाङको सुर्मा गाउँपालिका छबिस पाथिभेरा गाउँपालिका दुर्गाथली गाउँपालिकामा जयपृथ्वी नगरपालिकाका सुर्मा देवीका ( आलिपालि) करियाहरू मान्दछन् ।

सर्मा देवीको उत्पत्ति दुर्गाथलि गाउँपालिका स्थित थलिजिउलामा रहेको दुर्गा भगवती मन्दिरबाट भएको जनविश्वास रहेको छ । पैराणिक कथा अनुसार थलि मन्दिरमा जेठी दुर्गा देवी र कान्छी सुर्मा देवी दुई वटै बहिनी श्रीमती सँग भगवान माहालिंग बस्दथे ।

महालिङ्ग भगवान लाई कुष्टरोग लागेपछि रोग निको पार्न लसुन पिसेर लगाउने सल्लाह अनुसार जेठी बहिनी दुर्गा देवीले कान्छी बहिनी सुर्मा देवीलाई लसुन पिस्न आग्रह गरिन सुर्मा देवीले नाखथुनेर लसुन पिस्न थालेपछि दुर्गा देवीले त्यतिकि छिपिलि भया सुर्मा सरोवर बस भनेको बचन सहन गर्न नसकी सुर्मा देवीले थार भनिने जंगली जनावरको भेषमा बुडखोरीमा रहेको सुर्मा मन्दिरमा गएर बसिन् ।

जंगली जनावरको भेषमा रहेकी सर्मा देवीले खोरी र घट्टे गाउँका बासिन्दाले घाममा सुकाउदै गरेको अन्न बाली बिस्कुन चोरेर खान थालिन् । सर्मा देवीले दिनहुँ बिस्कुन खानथालेपछि खोरी घट्टे गाउँकि महिलाहरूले श्रीमानलाई सिकार गर्न भनिन् । त्यसपछि पुरुषले तिखा हतियार भालाले थारलाई लखेट्दै जाँदा अन्तमा सुर्मा सरोवर तालमा पुगेर सुर्मा देवीको औंतार भएको भन्ने किंवदन्ती रहेको छ ।
त्यसपछि सुर्मा सरोवरमा गएर वर्षेनि पूजाआरधना गर्ने थालेको सुर्मा देविका करियाहरू बताउँछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
शिवजी मण्डेल
शिवजी मण्डेल

मण्डेल थलारा खबर स्थापना देखिनै हामीसँग काम गर्दै आएका छन् , उनी समसामयिक बिषयमा कलम चलाउँछन् ।

Articles: 212