२९ मंसिर २०८१, शनिबार
थलारा गाउँपालिकाले ४ जनालाई पूर्ण छात्रवृतिमा सिभिल इन्जिनियरिङ पढाउने ।
थलारा गाउँपालिकाले चार जना विधार्थीहरुलाई सिभिल इन्जिनियरिङ पढाउने भएको छ । थलारा गाउँपालिकाको आर्थिक वर्ष २०७९/०८० को स्वीकृत वार्षिक नीति तथा कार्यक्रम अनुसार गाउँ भित्रका दलित अल्पसङख्यक कम्जोर आर्थिक अवस्था भएका र जेहेन्दार मध्यवाट दुई जना छात्र र दुईजना छात्रा गरि चार जना लाई थलारा माध्यामिक विधालयमा पूर्ण छात्रबृतिमा सिभिल इन्जिनियरिङ पढाउने भएको हो ।
आइतवार थलारा गाउँपालिकाले सुचना प्रकासित गरी पूर्ण छात्रबृति दिने कार्यक्रम बमोजिम थलरा गाउँ पालिकामा स्थाई बसोवास गरी रहेका इच्छुक बिधार्थीहरुलाई आवश्यक कागजात सहित यही श्रावण २६ गते भित्र थलारा माध्यामिक बिधालय खोली बझाङमा प्रवेश परिक्षाकोलागि आवेदन फारम भर्न भनेको छ ।
थलारा गाउँ पालिका अध्यक्ष प्रकास रोकायाले निर्वाचित भएपछि आफ्नो नीति तथा कार्यक्रम सार्वजनिक गर्दै पूर्ण छात्रबृति दिने कार्यक्रम अन्तरगत गाउँपालिका भित्र बसोवास गर्ने जेहन्दार दलित अल्पसङख्यक र कम्जोर आर्थिक अवस्था भएका मध्येवाट चार जना विधार्थीहरुलाई सिभिल इन्जिनियरिङ पढाउने बताउनु भएको थियो ।