थलारा गाउपालिकाका विभिन्न वडामा देखापर्यो चौपायामा अज्ञात रोग रोगका कारण दुई भैसी मरे ।

सेयर गरौं

थलारा गाउँपालिकामा अज्ञात रोगका कारण चौपायाहरु मर्न थालेकाछन् । अज्ञात रोगका कारण थलारा गाउँ पालिका वडा नम्वर ५ भिडगाउँका खडक विष्ट र भिम विष्टका भैसी मरेका हुन । 

चौपायाहरु हिड्दा लड्खडाउने पेट फुल्ने खाना नखाने र सुति रहने जस्ता लक्षण उक्त अज्ञात रोगमा देखा परेका थलारा गाउँ पालिका वडा नम्वर ५ दुवाली ठाडा ढुङगाका गणेश पार्कीले बताउनु भएको छ । उनका अनुसार अज्ञात रोगका कारण भैसी लगाएतका चौपायाहरु मर्न थालेपछि स्थानीहरु त्रसित भएकाछन् ।

थलारा गाउँपालिका वडा नम्वर ३ ५ ६ ७ र ८ मा चौपायहरुमा यस्तो रोग देखा परेको छ । चौपायाहरुमा अज्ञात रोग देखापरेको जानकारी भएको छ । रोगको निदानकालागि जिल्ला बिज्ञ केन्द्रसं छलफल भइरहेको थलारा गाउँपालिका अध्यक्ष प्रकास रोकायाले बताउनु भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
1
+1
1
+1
0
+1
0
संवाददाता
संवाददाता
Articles: 1203