सुर्मा देवी बिरिजात मेलाको अवसरमा आयोजना गरेका कार्यक्रमहरू सम्पन्न

सेयर गरौं

बझाङको छबिस पाथिभेरा गाउँपालिका -७ मा सुर्मा देवि बिरिजात मेलाको अवसर पारि आयोजना गरेको देउडा , भलिबल , क्रिकेट सम्पन्न भएको छ ।
छबिस पाथिभेरा गाउँपालिका-७ र पाथिभेरा बासुधारा युवा क्लबले आयोजना गरेको उक्त खेलहरू सोमबार सम्पन्न भएको हो ।

कोरोना महामारीका कारण विगत २ वर्षदेखि हुन नसकेको सुर्मा देवी बिरिजात मेलामा कार्यक्रम यो वर्ष भने धुमधामका साथ मनाइएको छ ।

सुदूरपश्चिमकै धार्मिक ऐतिहासिक सुर्मा देवी बिरिजात मेलाको अवसर पारि आयोजना गरिए महिला देउडा प्रतियोगितामा सहभागी १० वटा टिमलाई बराबर पुरस्कार वितरण गरिएको थियोे ।
भलिबल प्रतियोगितामा प्रथम लेकगाउँ टिम भएको छ , भने द्वितिय JYC थलारा र तृतीय खोरी टिम भएको हो ।
प्रथम टिमलाई प्रमाणपत्र सहित १० हजार द्वितियलाई प्रमाणपत्र सहित ४ हजार र तृतीयलाई प्रमाणपत्र सहित १ हजार रुपैयाँ पुरस्कार वितरण गरिएको छ । सर्वोत्कृष्ट खेलाडीलाई ५ सय रुपैयाँ पुरस्कार दिइएको वडाध्यक्ष बिजय बहादुर धामीले बताए ।

त्यस्तै क्रिकेट प्रतियोगितामा लेकगाउँ स्पोट क्लब विजेता र बोहरा स्पोट क्लब खोरी उपविजेता भएको थियोे ।
विजेता टिमलाई प्रमाणपत्र सहित-१० हजार र उपविजेता टिमलाई प्रमाणपत्र सहित ४ हजार रुपैयाँ पुरस्कारले पुरस्कृत गरिएको वडा अध्यक्ष धामीले जानकारी दिए ।
छबिस पाथिभेरा गाउँपालिका -७ मा पहिलोपटक सुर्मा देवी बिरिजात मेलामा कार्यक्रमहरू ३ दिन सम्म चलेको हो ।

पहिला कार्यक्रम हुने भएपनि तर एकदिनमै सकिन्थे यो वर्ष तीन दिनसम्म चल्दा आयस्रोतमा पनि वृद्धि भएको जानकारहरू बताउँछन् ।

समापन कार्यक्रम बोल्दै वडा अध्यक्ष धामीले यो वर्ष अलिकति मात्रै कार्यक्रम गर्न सकेपनि अर्को वर्ष यो भन्दा बढी र व्यवस्थित मेला बनाउने लक्ष्य राखेको बताए ।

पुर्खाको समयमा यो सुर्मा देवी बिरिजात मेलाको अन्तिम दिन मजखोरीमा राँगा जुत्याउने गरेको सन्नमा आएको बताएका हुन्। उनलेे तरआफूफे नदेखेको बताएका थिए । अहिले भने त्यस्तो छैन अहिले सुर्मा देवी बिरिजात मेलाको अन्तिम दिनमा देउडा खेल्ने अन्य संस्कृतिक कार्यक्रम गर्ने प्रचलन रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
शिवजी मण्डेल
शिवजी मण्डेल

मण्डेल थलारा खबर स्थापना देखिनै हामीसँग काम गर्दै आएका छन् , उनी समसामयिक बिषयमा कलम चलाउँछन् ।

Articles: 212