दार्चुलामा जीप दुर्घटना हुँदा ५ जनाको मृत्यु

सेयर गरौं

गोकुलेश्वरबाट दार्चुला जादै गरेको जीप दुर्घटना भएको छ । शैल्यशिखर नगरपालिका वडा नम्बर ६ उल्लानीमा जीप दुर्घटनाहुँदा घटनास्थलमै कम्तिमा पाँच जनाको ज्यान गएको प्रारम्भीक खबर प्राप्त भएको छ । यद्धपी मृतकबारे आधिकारिक पुष्टि हुन बाँकी रहेको छ ।

गोकुलेश्वरबाट दार्चुला जादै गरेको से १ ज ५५१ नम्बरको जीप दुर्घटनामा परेको बताइएको छ । अहिले मालिकार्जुन प्रहरी चौकीबाट प्रहरी घटनास्थलमा पुगेका छन भने गोकुलेश्वरबाट प्रहरी घटनास्थलमा प्रस्थान गरेको छ । उद्धारको कार्य चलिरहेकोले घटनाको क्षतिबारे एकिन विवरण प्राप्त भइनसकेको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
संवाददाता
संवाददाता
Articles: 1201