अछामको एक अस्पताललाई आर्थिक संकट

सेयर गरौं

अछामको बयलपाटा अस्पताललाई आर्थिक संकट परेको छ । न्याय हेल्थ नेपालद्वारा सञ्चालित यस अस्पतालमा  विभिन्न दातृ निकायबाट आउने बजेट कोरोना महामारी पछि कटौती हुन थालेपछि सुदूर तथा मध्य पहाडका सर्वसाधारणलाई सेवा दिदै आएको बयलपाटा अस्पतालमा आर्थिक समस्या आएको छ ।

सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेशका पहाडी जिल्लाका नागरिकलाई सहज सेवा र निशुल्क उपचार गर्ने अछामको बयलपाटा अस्पतालमा पछिल्लो एक वर्ष यता आर्थिक अभावले सेवा बयलपाटा अस्पताल आर्थिक संकटले प्रवाहमा समस्या थपिएको साँफेबगर नगरपालिकाका नगर प्रमुख राजेन्द्र बहादुर कुवँरले बताए। साथै यस आर्थिक वर्षमा नगरका अन्य विकासे बजेटबाट कटौती गरेर एक करोड बजेट बयलपाटा अस्पतालका लागी विनियोजन गरेको जानकारी दिएका छन ।

अस्पतालको विषयमा केही दिन अघि मात्रै प्रदेशका विभिन्न विभागीय मन्त्री तथा अछाम, बाजुरा, डोटीका केही पालिकाका मेयर,अध्यक्ष, राजनितीक दल लगायतसँग छलफल गरेर आफ्नो संयोजकत्वमा सरोकार समिति गठन गरेको उनको भनाई छ ।

न्याय हेल्थ नेपालबाट आउने बजेटले मात्रै नपुग्ने भएकाले सुदूरपश्चिम र कर्णाली प्रदेशका सर्वसाधारण नागरिकको स्वास्थ्य सेवाका लागी सबै निकायसँग पहल गरेको समेत मेयर कुवँरको भनाई छ ।

उनले नेपाल सरकारका सम्माननीय प्रधानमन्त्री शेर बहादुर देउवा संग भेटेर बयलपाटा अस्पतालको विषयमा कुराकानी गरेको र प्रधानमन्त्रीले पनि उक्त अस्पतालको विषयमा चासो राखेर आश्वासन दिएको मेयर कुवँरले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
1
संवाददाता
संवाददाता
Articles: 1061