बझाङको थलारामा २ दिने विपद जोखिम व्यवस्थापन स्थानीयकरण निर्देेशिका सम्बन्ध क्षमता अभिवृद्धि तालिम सम्पन्न

सेयर गरौं

बझाङको थलारा गाउँपालिकामा २ दिने विपद जोखिम व्यवस्थापन स्थानीयकरण निर्देेशिका सम्बन्ध क्षमता अभिवृद्धि तालिम सम्पन्न भएको छ । युएसएआइ (USAID ) को सहयोगमा र लुथ्रन वरल्ड फ्रेडेसन को सहजीकरणमा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले तयार गरेको विपद जोखिम व्यवस्थापन स्थानीयकरण निर्देशिका सम्बन्धि २ दिने क्षमता अभिवृद्धि तालिम शुक्रबार सम्पन्न भएको हो ।

नेपालमा निर्माण भएका नीति तथा कानुनहरू संस्थागत संरचनाहरू स्थानीय विपद व्यवस्थापन समिति तथा वडा विपद पूर्वतयारी तथा प्रतिकार्य समितिको गठन काम कर्तव्य र अधिकार विपद ब्यवस्थापन कोष र सञ्चालन सम्बन्धि कार्यविधि निर्माण विपद लेखाजोखा आपतकालीन कार्य सञ्चालन सम्बन्धि प्राबधान पूर्व सूचना प्रणाली एलडिआरपि (LDRP) योजना निर्माण मापदण्ड, खुल्ला क्षेत्र पहिचान र संरक्षण जोखिम हस्तान्तरण लगायतका बिषय समेटि तालिम सञ्चालन गरिएको लुथ्रन फ्रेडेसनका डिल्लीराज जोशीले जानकारी दिए ।

उनका अनुसार तालिमको अन्तमा १० बुँदे पालिकाको प्रतिबद्धता र घोषणापत्र जारी गरि उक्त प्रतिबद्धता पूरा गर्न पालिकाको कार्ययोजना समेत निर्माण गरिएको छ ।

थलारा गाउँपालिका अध्यक्ष प्रकाश रोकायाको अध्यक्षतामा भएको कार्यक्रममा कार्यपालिका सदस्य विषयगत शाखा प्रमुख लगायत २८ जनाको सहभागीता रहेको थियोे । बित्थडचिर गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत रमेश बिष्ट प्रमुख प्रशिक्षक रहनु भएको थियोे । सुदूरपश्चिम प्रदेशका ९ वटा जिल्लाका ८८ वटा स्थानीय तह मध्य लुथ्रन वरल्ड फ्रेडेसन ६९ स्थानीय तहमा यो कार्यक्रम गरिरहेको र अक्टोबर भित्र कार्यक्रम सम्पन्न गरिने पनि जोशीले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
1
+1
0
+1
0
+1
0
पदम खड्का
पदम खड्का
Articles: 65