रासन भत्तामा अनियमितता गरेको आरोप लागेका सशस्त्र प्रहरिमाथि छानविन सुरु

सेयर गरौं

काठमाडौँ । रासन भत्तामा अनियमितता गरेको आरोपमा सशस्त्र प्रहरीको ४४ नं गणका गणपतिमाथि छानविन सुरु भएको छ।
दार्चुलाको खलंगास्थित गणका गणपति एसपी त्रिभुवन विष्टमाथि छानविन सुरु भएको हो।

बिष्टलाई हेडक्वार्टर तानेर छानविन सुरु गरिएको सशस्त्र प्रहरी मुख्यालयले जनाएको छ। ‘उहाँलाई केही दिन पहिले नै हेडक्वार्डर झिकाइएको थियो। छानविनका सबै कागजात मगाइएको छ। एसपी बिष्टलाई गणको जिम्मेवारीबाट हटाएर छानविन भइरहेको छ’, हेडक्वार्टर स्रोतले भन्यो।
यसअघि नै एसपी बिष्टलाई सशस्त्रको ७ नं बाहिनीले स्पष्टिकरण सोधेको थियो। बाहिनीबाट स्पष्टिकरणसहितको सम्पुर्ण फाइल हुडक्वाटर झिकाइएको छ।

एसएसपी पुरुषोतम थापाको कमाण्डमा छानविन समिति गठन गरिएको थियो। समितिको प्रतिवेदन अनुसार विभागीय कारबाही गर्न ७ नं वैद्यनाथ बाहीनीलाई आदेश दिएको थियो।
त्यसपछि बाहिनीले स्पष्टिकरण सोधेको थियो। थप अनुसन्धानका दागि एसपी बिष्ट हेडक्वार्टर तानिएका हुन्।

यसअघि रासन खरिदमा अनियमितता गरेको सूचना दिने सशस्त्र प्रहरीका वरिष्ठ हवल्दार थुनामा छन् सूचना दिएको आरोपमा सशस्त्र प्रहरी बल नं २५ चण्डीका गण पर्वत दरबन्दी भई हाल सशस्त्र नं ४४ गण दार्चुलामा कार्यरत कामु वरिष्ठ हवल्दार नरेश सिंह साहुलाई थुनामा पठाइएको छ।
हवल्दारलाई कारबाही गरे पनि एसपीलाई जोगाएको आरोप लाग्दै आएको थियो। चौतर्फि विरोधपछि सशस्त्रले एसपीलाई जिम्मेवारीबाट तानेको हो।

गणका प्रमुख बिष्टले रासन भत्तामा अनियमितता गर्ने उदेश्यले यसरी बिदा छाडेको आरोप छ। सुरक्षा निकायमा एकसाथ यति धेरै बिदा छाड्न समेत पाइँदैन। गणमा कार्यरत बिदामा बस्दा रासन भत्ता कटौती हुने गरेको छ।
गणमा २५८ जना कार्यरत रहेकोमा १२२ जनालाई एकसाथ बिदामा छाडिएको भने पुष्टि भइसकेको छ। हवल्दारले सूचना दिएका स्थानीय पत्रकारले स्रोतको गोपनियता नराख्दा उनी समस्यामा परेका हुन्।
यस्तो अनियमितताको बारेमा जानकारी दिने हवल्दारलाई सर्वस्वसहित जन्म कैदको माग गर्दै सशस्त्रले मुद्दा अगाडी बढाएको छ।

समाचार सार्वजनिक भएपछि एसपी बिष्टले यस विषयमा छानबिन गरेका थिए। छानबिनका क्रममा हवल्दार साहुले सूचना दिएको पुष्टि भएको थियो। पत्रकारले पनि आफूलाई हवल्दार साहुले नै सूचना दिएको खुलाइदिएका थिए।
गत जेठ २८ गते एकसाथ १२२ सशस्त्र बिदामा रहेको समाचार प्रकाशन भएका थिए । एसपी बिष्टले उक्त समाचारको खण्डन गरेका थिए। तर उनले अस्वीकार गरे पनि हवल्दारले दिएको सूचना सत्य भएको अनुसन्धानबाट खुलेको छ।

असार २२ गते सशस्त्र प्रहरीको विशेष अदालतमा हवल्दार साहु विरुद्ध मुद्दा दायर भएको थियो। विशेष अदालतले उनलाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएको छ। अन्तिम फैसला हुन बाँकी छ।
त्यसअघि गरिएको छानबिनमा पनि साहुलाई दोषी देखाइएको छ। सशस्त्र प्रहरीले गणमा रहेका हात हतियार र जनशक्तिको बारे पनि सूचना दिएको आरोप लगाएको छ।

संगठनका विरुद्ध उनले बेनामी उजुरी समेत हालेको छानबिनबाट खुलेको सशस्त्रको दाबी छ। सशस्त्र प्रहरी ऐन, २०५८ को बर्खिलाप गरेको भन्दै साहुलाई असार २४ गते पुर्पक्षका लागि थुनामा पठाइएको थियो।
आरोप प्रमाणित भएमा निजलाई सर्वस्व सहित जन्मकैद हुन सक्छ। संगठनको सूचना यसरी अनधिकृत रुपमा बाहिर पठाएमा हदै सम्मको कारबाही गरिने सशस्त्र प्रहरी ऐनमा नै स्पस्ट व्यबस्था रहेको सशस्त्र प्रहरी प्रधान कार्यालय श्रोतको दाबी छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
संवाददाता
संवाददाता
Articles: 1321