दार्चुलामा सडक खन्ने क्रममा पहिरो खस्दा एकजना घाइते

सेयर गरौं

दार्चुलामा सडक खन्ने क्रममा खसेको पहिरोमा परि एकजना घाइते भएका छन्। दार्चुला-टिङ्कर सडक अन्तर्गतको व्याँस गाउँपालिका-२ माल कोठेधार क्षेत्रमा आएको पहिरोले १८ वर्षीय वीजय पुन घाईते भएका हुन्। 
स्थानीयका अनुसार रुकुम जिल्ला आठबिसकोट नगरपालिकाका वीजय भाग्ने क्रममा घाइते भएका हुन्। शनिबार ४ बजेतिर सडकमा माथिबाट पहिरो खसेको थियो। 

घाइते पुनको जिल्ला अस्पताल दार्चुलामा उपचार भैरहेको बताइएको छ। 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
संवाददाता
संवाददाता
Articles: 1202